सम्पर्क

वन डढेलो स्थायी रुपमा नियन्त्रणको खोजी गर्दै सिन्धुपाल्चोक

गर्मीयाम सुरु भएसँगै सामुदायिक वनमा आगलागी हुने क्रम बढ्ने गरेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजनल वन अधिकृत मदन कडेल वनडढेलो लागेपछी निभाउँनु भन्दा पनि लाग्नै नदिने उपायहरुको खोजी गरिरहेको छ ।यसको उपाय भनेको गाउँगाउँमा पत्कर सुकेका घाँसहरु सङ्कलन गर्नु पहिलो उपाय रहेको बताउनु हुन्छ । वन डढेलो लगाउनु अपराध भएकोले यस्ता अपराधीहरुको खोजी गरी कार्वाही गरिरहेको भएता पनि डढेलोको नियन्त्रण नभएकाले यो उपाय पनी प्रभावकारी हुने बताउँनु भएको छ ।उहाँले डढेलो नियन्त्रण तथा वन संरक्षणको लागी निजी तथा कबुलियती वन खोरिया फठानी तथा भु–संक्षणको दृष्ट्रीले संबेदनशील क्षेत्रलाई कृषी वनमा रुपान्तरण गरि उत्पादनमुलक काममा लगाउँन पर्ने, बिजुलीका हाइटेनसन लाइन मुनी साना साना होचारुख बिरुवाहरु, लगाउँने ब्यवस्था हुन सके पनी यस्ता वनहरुको व्यवस्थ ागर्न सकिने बताउँनु हुन्छ ।मुख्य कुरा भनेको सामुदायक वनहरुसँग समन्वय गरी डढेलो नियन्त्रणका लागी प्रज्वलनशिल बस्तुहरु सङ्कलन गरेर व्यवस्थापन गर्न सके यसको नियन्त्रणमा सहज हुने बताउँदै यो सङ्कलन गरेर बिक्री गर्नेलाई रोजगारको व्यवस्था पनि हुने स्थानीय स्तरमा नै मल पनी बन्ने भएको हँुदा यसको प्रभाकारितामा आबश्यक रहेकोले सरकारको निती तथा कार्यक्रममा यसलाई समाबेश गर्न सुझाब दिइएको समेत बताउँनु भयो ।कडेलले यस बर्ष बागमती प्रदेसमा नै वन डढेलो लगाउँनेलाई पक्राउ गरेर कार्वाही गरिएको मध्य पहिलो सिन्धुपाल्चोक भएको बताउँदै कार्वाहीसँगै नियन्त्रणमा पनी ध्यान दिन पर्ने बताँउनु भयो । सिन्धुपाल्चोकमा आगलागीबाट ठुलो क्षती भएको र यसको नियन्त्रणका लागी वन कार्यालयबाट आबश्यक तैयारीका साथ काम गरिरहेको सुचना अधिकारी तथा डिभीजनल वन साहय अधिकृत भक्त बहादुर श्रेष्ठले बताउँनु भयो ।उहाँले डढेलो नियन्त्रण भन्दापनी लाग्नै नदिन सचेतना अपनाइएको छ । स्थानीय सामुदायक बन समुह अगुवाहरुलाई बन डढेलो लाग्न नदिनका लागि जोड दिएको बताउँनु भयो । आगलागी हुनमा मानिसकै कमी कमजोरी रहेको बताउँदै कुनै कुनै घटना अनजानमा र कुनै कुनै जानीजानी गर्दा यो समस्या आउँने गरेको बताउँनु भयो । खाशगरी बारीमा जिलौटा पोल्ने क्रममा आगो सल्कीरहेका ठुटाहरु र बाटो हिड्दा सुर्ती चुरोट खाएर फ्याकेको ठुटाहरुका कारण बढी डढेलो लागेको पाइएको छ । उहाँले आफुहरुले यो सुख्खा मौसममा हुने आगलागीका कारण वनको क्षेती नहोस् भन्नका लागी दिर्घकालिन नीति बनाइरहेको भएतापनी वनमा सुकेको पातहरु र सुकेको घाँसहरुका कारण डढेलो लागेको छ ।कृषी योग्य जमिनहरुपनि बाँझो रहेको कारण पनि वन बढेको र कृषकले खेती नगर्दा पनी बढी डढेलो लागेको देखिन्छ । पहिले पहिले मानसिहरुले पशुपालन गर्ने खेती गर्ने हुँदा सामुदायक वनहरुको सुकेका पातहरु बटुल्ने, घाँस काट्ने र पशुपालनमा घास सेउलाकोका लागी ल्याइने हुँदा वनमा पातहरु सुकेर बस्न पाउँदैन थियो । पत्कर सोरेर ल्याउँने गरेका थिए । अहिले त्यो क्रम शुन्य नै रहेकाले पनि यो समस्या आएको उहाँको भनाइ रहेको छ । उँहाले हरेक पालिकामा रहेको सामुदायिक वन समिती तथा स्थानीय अगुवा, वन सरोकारवालाहरुलाई यस सम्बन्धी चेतनामुलक कार्यक्रमहरु गरिरहेको र जिल्लामा रहेका रेडियोहरु पत्रपत्रिका मार्फत पनि सचेतनामुलक सन्देशहरु प्रशारण गरिरहकेको बताउँनु भयो । वन विनाशको प्रमुख कारणहरूमा वन अतिक्रमण, वन फडानी, अव्यवस्थित बसोबास तथा भौतिक पूर्वाधार निर्माण, अनियन्त्रित चरिचरण र अनियन्त्रित वन डढेलोहरू पर्दछन् । जसमध्ये सबै भन्दा धेरै क्षति वन डढेलोबाट नै हुने गरेको छ । साहयक वन अधिकृत रमेश दुलालका अनुसार १६८ स्थानमा लागेको आगोका कारण १ हजार ८ सय ४८ हेक्टर जङ्गलमा क्षेती पुगेको छ ।वन कार्यालयबाट परिचालित स्वयम्सेवकहरुका कारण मानवीय क्षेती हुनबाट बचेको सिन्धुपाल्चोकको वन आगामी बर्ष देखी समयमा नै अर्थात डढेलो लाग्ने सक्खा समयमा सुरु हुन पुर्ब डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न पर्ने आबश्यकता रहेको डढेलो निभाउँने अभियानका अभियान्ता तथा हरित स्वयमसेवकका संयोजक शारदा प्रसाद चालीसेले बताउँनु भयो ।