सम्पर्क

डडुवामा ३जिल्लाका खप्तडी बस्नेतले गरे कुल पुजा र देवाली

वैशाख पुर्णिमा अर्थात उभौली पुर्णिमाका अवसरमा बस्नेतहरु लगाएतका बिभिन्न थरका मानिसहरुले परम्परा अनुसार गर्दै आएको आ–आफ्ना कुल पुजा गरेका छन् । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा पनि धुमधामसँग खप्तडी बस्नेतहरुको कुल पुजा डडुवामा सम्पन्न भएको छ ।

उक्त पुजामा सोही नगरपालिका वडा नं. १० का खप्तडी बस्नेतहरुका साथै काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेन नगरपालिका वडा नं. ९ फसकोट र चितवन जिल्ला रामपुरका गरी तिन जिल्लाका खप्तडी बस्नेत दाजुभाईको जमघट भएको थियो । उक्त जमघटमा ६९ घर धुरीको करिब ५ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो ।
वडा नं. १४ को डडुवामा भएको कुल पुजामा परम्परादेखी गर्दे आएको बिधि अनुसार २ जना धामी मुल धामी भरत बस्नेत अर्का धामी –भान्जा) कोमल बहादुर बस्नेतले कामेर पुजा लिनु भएको थियो भने पण्डीत उज्वल सिग्देलद्धारा स्वास्ती शान्तिका साथै होमद्धारा पुजा गरिएको थियो ।

यो कुलपुजाकाका कारण छरिएर रहेका दाजुभाई तथा दिदी बहीनीहरुसँग परिचय गर्ने मौका पनी मिलेको कुल पुजा अभियान कर्ता नेत्र बहादुर बस्नेतले बताउँनु भयो ।
पुजाको रेखदेख गरिरहनु भएका जेष्ठ नागरिकहरु मध्यका होम बहादुर बस्नेतले यसरि भाई भतिजहरु सहित परिवारहरुसँग भेट गर्न पाउदा आफुलाई खुशी लागेको बताउँनु भयो । अर्का जेष्ठ नागरिक कुलपुजाका ज्ञाता तेजबहादुर बस्नेतले अघिपछी जो जहाँ भएपनी कुलपुजाका दिन चितवन जिल्ला, काभ्रेपलाञ्चोक जिल्ला , सुकुटेदेखी कुलपुजामा गाडी रिजर्भ गरेर कुल पुजा गर्न आउनुमा कुल प्रतिका आस्था भएकाले हो भन्नु हुदै सबैमा बिशेष धन्यबाद दिनुभयो ।मुल धामीभरतबस्नेतले आगामी बर्षदेखी धामीको संख्या बढ्न सक्ने बताउँनु भयो । अर्का धामी कोमल बहादुर बस्नेतले पुर्खाले गरी आएको चलनलाई निरन्तरता दिनु नै उहाँहरुको सम्मान हो भन्नुभयो । काभ्रेदेखी आउँनु भएका प्रल्हाद बस्नेतले कुल पुजाकै लागी हामी आएका र चितवनदेखी पनि आएका दाजु भाईहरु यो पुजादेखी धेरै खुशी भएका छौ भन्दै आगामी बर्ष अरु जिल्लाको पनी बस्नेत दाजुभाई आउन सक्ने सम्भावना रहेकाले यो ऐतिहासिक स्थलको रुपमा बिकसित हुने बताउनु भयो । यसैगरी बस्नेतहरुले काडमाण्डांैको निलबाराही मन्दिर क्षेत्रमा पनि धुमधामसँग कुल पुजा गरेको समाचार प्राप्त भएको छ । कुल पुजाका अभियान्ता युबराज बस्नेतले सोलु, ओखलढुगा, काठमाण्डौंका बस्नेतहरु जम्मा भएर पुजा गरिएको बताउनुभयो ।फोटोः हरिशरण बस्नेत ,प्रल्हाद बस्नेत