सम्पर्क

नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

 मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा बाल संजालका पदाधिकारीहरुलाई नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । शनिबारबाट सुरु भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी एवम् मेलम्ची नगरपालिकाका उप–प्रमुख उमा प्रधानले सहभागीहरुले यो कार्यक्रमबाट धेरै कुरा सिक्नुहुनेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।
उहाँले आगामी नितितथा कार्यक्रममा बालबालिका अझ योजनाहरु समेट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रमुख अतिथी प्रधानले यो तीन दिनको यो कार्यक्रममा अनुशासित भएर आफ्नो कर्तब्य पालना गर्दै यो कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथी एवम मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनालले यहाँ हरुले यो राम्रो अवसर प्राप्त गर्नुभएको छ यो तीन दिनको अवसरलाई राम्रो सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले यो कार्यक्रम सम्पन्न पश्चात् यहाँहरुले हामिलाई पनि भाषण गर्न सिकाउनुहुनेमा आफू बिश्वस्त हरेको बताउनु भयो । उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार भट्टराई मेलम्ची नगरपालिका राजस्व शाखा तथा महिला बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलाल बालबालिका सहजकर्ता केशव पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
मेलम्ची नगर बाल संजालका अध्यक्ष अस्मिता तामाङको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडाका बाल संजालका दुई जना पदाधिकारी र नगर बाल संजाल का पदाधिकारी सदस्य गरि ४१ जनाको सहभागीता रहेको नगरपालिकाका राजस्व तथा महिला बालबालिका समावेशी करन शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।