सम्पर्क

चौथो हिमाल्यन इन्टरनेसनल अवार्ड २०८१ मा उत्कृष्ट पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामालाई

वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको चौथो हिमाल्यन इन्टरनेसनल अवार्ड २०८१ मा उत्कृष्ट पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामाले प्राप्त गर्नुभएको छ । योगेस लामा र लक्ष्मी स्याङ्तानको आवाजमा रहेको ह्योल्मो मेलोडी भाकामा रहेको ङेन्जेन जोम्से दु बोल्को कल्चर गितबाट पुरुष तर्फको अवार्ड लामाले हात पार्नुभएको हो । बिगत लामो समयदेखि मोड्लिङ क्षेत्रमा कार्यरत लामा अभिनय सँंगै नृत्य प्रशिक्षकको रुपमा पनि सक्रिय छ्न ।

गत बैशाख २५ गते लिसार रिसेपस्न नक्सालको हलमा भएको उक्त अवार्ड कार्यक्रममा हाल रक्षामन्त्री हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो र बरिष्ठ गायिका ज्ञानु राणा, बरिष्ठ कलाकार बसुन्धार भुसाल लागाएत अन्य तह तत्काबाट दर्जनौंको संख्यामा बाक्लो कलाकार को पनि उपस्तिथि रहेको थियो । लामाले यसअघि पनि दोस्रो स्टार म्युजिक एण्ड फिल्म अवर्डबाट पनि उत्कृष्ट मोडल पुरुष तर्फबाट पनि अवार्ड पा्रप्त गर्नुभएको थियो । लामासंँगै विविध बिधा बाट दुई दर्जन भन्दा बढी कलाकारले अवार्ड प्राप्त गर्नुभएको थियो ।