सम्पर्क

चौंथो सिन्धुपाल्चोक जिल्ला स्तरीय तेक्वान्दो प्रतियागितामा जाल्पा मावि पहिलो

चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा जाल्पा माध्यमिक विद्यालयले जित हासिल गरेको छ । सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा २० स्वर्ण पदक प्राप्त गरी जाल्पा मावि प्रथम भएको हो ।
एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काका अनुसार ८ स्वर्ण, ९ रजत, ३ कास्य पदकसहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय हुन सफल भएको छ । पुरुष उत्कृष्ट खेलाडी तर्फ जाल्पा माबिका ३३ केजी तर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजी तर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् । अन्तराष्ट्रि निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता संचालन गरेका थिए । आयोजक एकेडेमीका अध्यक्ष खड्काले जिल्लाभरका बालबालिकालाई तेक्वान्दो खेलमा आर्कषित गर्दे स्वास्थ, अुशासित बनाउदै तेक्वान्दो खेलमार्फत जिल्लालाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चिनाउन लागिरहेको बताउनुभयो ।
सो प्रतियोगितामा यमुनाडाँडा तेक्वान्दो डोजाङ (गणेश माबि), जनजागृति माबि, कालिका डोजाङ, बाघभैरव माबि डोजाङ, महेन्द्रकान्ति माबि डोजाङ, जाल्पा माबि डोजाङ, सदाबहार एकेडेमी, सुकुटे तेक्वान्दो डोजाङ, बलेफी तेक्वान्दो डोजाङ लगायतका डोजाङहरु सहभागी थिए । सो गेममा जाल्पा माबि सह–आयोजक रहेको थियो ।