सम्पर्क

समाजसेवी बस्नेतले बनाए कुल्छीगाउँमा बिसौना

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं.४ कात्तिके कुल्छीगाउँ स्थित समाजसेवी टोप बहादुर बस्नेतले आफ्नो ब्यक्तिगत लगानीमा बिसौना निर्माण गर्नु भएको छ ।
गाउँमा ज्ञान बहादुर दाई भनेर चिनिने टोप बहादुर बस्नेत सामाजिक कामहरूमा सँधै अगाडी देखिन्छन् । मठ मन्दिर, सार्वजनिक धारा, कुवा, पाटि पौवा, विसौनाहरू बनाउन मन पराउने बस्नेत सुनकोशी –५ बर्थान निबासी हुनुहुन्छ । उहाँले सुनकोशी ५ बर्थानडाडाँमा १ बिसौना र गत साल धारा निमार्ण गर्नुभएको थियो । त्यस्तै सुनकोशी ५ बाईमारङमा पर्ने बादर हेर्ने डिल भनेर चिनिने डाँडाँमा पनि बिसौना निमार्ण गर्नुभएको थियो ।
उहाँले हालसम्म आफ्नै व्यक्तिगत लगानीबाट ३ बिसौना र १ धारा निमार्ण गरिसक्नुभएको छ । उहाँले आगमी दिनहरुमा पनि आफुले सकुनजेल लोपहुदै गएको बिसौना धाराहरू बनाउँदै जाने बताउनुभयो । उहाँले भन्नुहुन्छ “पहिला गोरेटो बाटोहरू अहिले सबै मोटर बाटो बने पुराना संरचनाहरू भत्किय पुराना सिडिहरू भत्किएका छन् । बाटो हिड्ने बटुवालाई पानिखाने पुराना कुवा धारा मासिए, बाटो हिड्दा थकाई लाग्दा बस्ने बिसौना छैनन्, तेसैले म बनाउँदै हिडेको छु मेरो अभियानमा मेरो जेठो छोराले पनि साथ दिएको छ । मैले बिसौना बनाउन सामान ढुङ्गा लगाएत जम्मा गर्न थालेपछि गाउँका मान्छेहरू पनि सहयोग गर्न आउछन खुसिलाग्छ । यो समय गाउँका मान्छे सबै सरकारी बजेटको मुख ताकेर बस्छन् बाटोमा एउटा ढुङ्गा झरेको फाल्न, घरको आँगनको पर्खाल लगाउन पनि मान्छे सरकारी बजेट कुर्छन् । यस्तो काम गर्न बजेट नै कुर्न पर्दैन हामि मिलेर गरे बिकास आफै हुन्छ ।”
समाजिक काम गर्न मन चाहिन्छ त्यो मन आफुबाट भित्रैदेखि हुनपर्ने बस्नेत बताउँनु हुन्छ ।