देबराज सुबेदी, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३मा पर्ने निकतातामा झोलुङ्गे बनेपछि स्थानिय खुशी भएका छन् । लार्के गाउँबाट लगभग ४ घण्टा हिडेर पुगिने निकतातामा पुल बनेसँगै स्थानिले खुशियाली मनाएका छन् ।पुल निर्माणसंगै बर्षौ देखि भोग्दै आएको दुःख हटेको स्थानियले बताएका छन् । लार्के नदिमा नदीमा पुल नहुँदा स्थानीयले मात्र नभएर पर्यटकहरुले समेत धेरै समस्या भोग्दै आएका थिए । झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय बुद्धरानी तामाङले बताउनुभयो ।हिउँदको समयमा फड्के लगायत अन्य माध्यमबाट तुल तर्दै आएपनि बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो । आफ्नो ज्यान जोखिममा पारेर खोला तर्ने गरेका स्थानिय गाउँपालिकाले पुल बनाइदिएपछि खुशि भएका हुन् ।नवनिर्मित झोलुङ्गे पुलको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभएको हो ।
पुल उद्घाटन गर्दै अध्यक्ष लामाले गाउँपालिकाको ६० लाख बजेटमा पुल निमार्ण भएको जानकारी दिनुभयो । उहाँले स्थानियको माग र आवश्यकतालाई सम्बोधन गर्दै पुल निमार्ण गरेको जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका पर्यटकीय गाउँपालिका भएकाले पर्यटन पदमार्गको रुपमा रहेको लार्के निकताता हुँदै ड्राइगन गुफा,नौ ताल,आमायाङ«ी र पाँचपोखरी पुग्न अब पर्यटकलाई सहज भएको बताउनुभयो ।स्थानिको मागलाई क्रमश पुरागर्दै गएको दावि गर्दै अध्यक्ष लामाले काकताङकुक्तङमा झोलुङ्ग पुल निमार्ण,लार्के सम्मको सडक विस्तार तथा सोलिङ,बत्ति,पाहुना घर निमार्ण लगायतको पालिका मार्फत भएगरेका कामको स्मरण गर्नुभयो । हालसम्म गाउँपालिकाले ११ वटा पुल निमार्ण गरिसकेको जानकारी दिदैँ लामाले अब लार्केको लागि काठको पोल विस्थापित गर्दै फलामे स्थापना गर्ने,याङ«ीमा पक्कि पुल निमार्ण गर्ने, बुद्धपार्क लगायत पर्यटकिय स्थलहरुको पहिचान गर्ने र प्रर्वधन गर्ने काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।गाउँपालिकाको अन्य ठाउँमासमेत झोलुङ्गे पुल निर्माण भइरहेको जनाउँदै जनताको समस्या समाधान गर्न र विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको लामाले बताउनुभयो । गाउँपालिकाको ६० लाख बजेट र स्थानीयको जनश्रमदानबाट बनेको ११३ मिटर झोलुङ्गे पुलको निर्माणले पयर्टन आवानमनमा सहज हुने र स्थानियको आर्थिक समृद्ध हुने अपेक्षा गरिएको वडा अध्यक्ष ङिमाछिरिङ तामाङले बताउनुभयो । उहाँले अब होमस्टेको विकास गर्दै पर्यटकलाई सहज वातावरण सिजर्ना गर्ने उद्धेश्य रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी,वडाका जनप्रतिनिधि लगायत स्थानियको उपस्थिती रहेको थियो ।
