सम्पर्क

तुना चप्पल बनाउने तालिम सम्पन्न

रोजगारी र आयमा वृद्धि अबको समृद्धि भन्ने अभिप्रायले चप्पल बनाउने तालिम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १ मा सञ्चालित तालिमको मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईको अध्यक्षतामा सम्पन भएको हो । कार्यक्रममा जागृत महिला सहकारी संस्था मार्फत भावि दिनमा व्यबसायिक रूपमा व्यबसायिक चप्पल बन्ने गरि प्रविधि (मेसिन) हस्तान्तरण समेत गरिएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले अब तालिम तालिममा मात्र सिमित नगरी व्यबसायिक रूपमा सञ्चालन गर्नको लागि अनुरोध गर्दै आफ्नो तह र तप्काबाट सहजिकरण गर्नै कुरा व्यक्त गर्नुभएको छ । साथै वडा नं.१ का वडा अध्यक्ष र जनप्रतिनिधिहरूको सक्रियतामा सञ्चालित कार्यक्रम वडा कार्यालयमार्फत थप अनुगमन मुल्यांकन र पृष्ठपोषण प्रदान गर्दै व्यबसायलाई निरन्तरता दिन र आर्थिक समृद्धिमा लाग्न र सरकारी खर्चको सदुपयोग गर्नको लागि वडा नं. १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा कार्यक्रम सञ्चालन भएकोमा धन्यवाद ज्ञापन गर्दै सहभागीहरूले खुशि व्यक्त गर्दै सबैका मुहारमा मुस्कान छाउदै खुसी साटासाट गरी भावि दिनमा निरन्तरता दिने कुरा सहभागीहरूले प्रतिवद्धता जनाएका छन् ।