कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उँहाकै कार्यकक्षबाट नियन्त्रणमा लिएको छ। सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो।
नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उहाँलाई पक्राउ गरेको हो।उँहालाइ पक्रेर लैजाँदै गर्दा उपस्थित समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।कान्तिपुर मुख्यालयमा पुगेर नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले कुनै पनी सञ्चार गृहमा प्रहरी प्रवेश गरेर कार्य कक्षबाट पक्राउ गर्नु सरकारले गलत गरेको बताँउदै अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको बताउँनु भयो ।
