सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० शिखरपुरमा रहेको श्री शितलादेवी माध्यामिक विद्यालयको ६३ औँ बार्षिकोत्सब सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा र मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको विशेष आतिथतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले हामिले अझ शिक्षामा धेरै सुधार गर्नुपर्ने हुन्छ । यो विद्यालयको मैले धेरै प्रशंसा गरिराख्नु नपर्ने बताउनु भयो । प्रमुख अतिथि तामाङले विकास निर्माण र शिक्षा क्षेत्रमा हामिले उत्तिकै काम गरिरहेको बताउनु भयो । मेलम्ची नगरपालिका भित्रका सम्पुर्ण विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न मेलम्ची नगरपालिका सदैवा तयार रहेकोे बताउनुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि एवम मेलम्ची नगरपालिकाक उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गरेको बताउनु भयो । उहाँले यो शितलादेवि माध्यमिक विद्यालयले मेलम्ची नगरपालिका भित्रका उत्कृष्ट विद्यालय भित्र पार्न सफल हुनुहुने सम्पुर्ण प्रती धन्यवाद ब्यक्त गर्नुभयो । उपप्रमुख प्रधानले शिक्षालाई मात्र नभई विद्यार्थी हरुलाई कृषिमा पनि जोड दिन आग्रह गर्नुभयो । आगामी दिन विद्यालयका सम्पुर्ण कृयाकलापमा सदैव मेलम्ची नगरपालिका साथमा रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अतिथी एवम मेलम्ची नगरपालिका वडा नम्बर १० का अध्यक्ष अमृत खनालले हामिले बोल्ने भन्दा बढी गरेर देखाउने बताउनुभयो । उहाँले उहाँले विगतको सम्झना गर्दै यश विद्यालयलाई यहाँ सम्म ल्याउन अहोरात्र ख्ट्नुहुने सम्पुर्ण प्रती धन्यवाद ब्यक्त गर्नुभयो ।
उहाँले आफ्नो बालबालिका हरुको सँधै हरेक दिनको विद्यालयको गतिविधिको बारेमा जानकारी लिन अनुरोध गर्नुभयो । वडा अध्यक्ष खनालले विद्यालयमा आबस्यक पुर्वाधार तथा अन्य सामाग्री हरु भएसम्म वडा कार्यलयबाट र नगरबाट ब्यबस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रम विद्यालयका शिक्षक नवराज सापकोटाले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता ध्रुव खड्काले गर्नुभएको थियो भने विद्यालयको बार्षिक प्रगती प्रतिवेदन विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर चापागाईंले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार र स्थानिय विद्यार्थी हरुको साँस्कृतिक कार्यक्रम रहेको थियो ।
