डडुवामा ३जिल्लाका खप्तडी बस्नेतले गरे कुल पुजा र देवाली
वैशाख पुर्णिमा अर्थात उभौली पुर्णिमाका अवसरमा बस्नेतहरु लगाएतका बिभिन्न थरका मानिसहरुले परम्परा अनुसार गर्दै आएको आ–आफ्ना कुल पुजा गरेका छन् । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा पनि धुमधामसँग खप्तडी बस्नेतहरुको कुल पुजा डडुवामा सम्पन्न भएको छ ।
उक्त पुजामा सोही नगरपालिका वडा नं. १० का खप्तडी बस्नेतहरुका साथै काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेन नगरपालिका वडा नं. ९ फसकोट र चितवन जिल्ला रामपुरका गरी तिन जिल्लाका खप्तडी बस्नेत दाजुभाईको जमघट भएको थियो । उक्त जमघटमा ६९ घर धुरीको करिब ५ सय जना भन्दा बढीको उपस्थिती रहेको थियो ।
वडा नं. १४ को डडुवामा भएको कुल पुजामा परम्परादेखी गर्दे आएको बिधि अनुसार २ जना धामी मुल धामी भरत बस्नेत अर्का धामी –भान्जा) कोमल बहादुर बस्नेतले कामेर पुजा लिनु भएको थियो भने पण्डीत उज्वल सिग्देलद्धारा स्वास्ती शान्तिका सा...
