सम्पर्क

कृषि

प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन काउन्सिलको अपिल

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयका निम्ति सञ्चारसम्बद्ध पुराना सामग्री उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ । बिहीबार एक अपिल जारी गर्दै काउन्सिले ३ वर्षअघि सुरु गरेको प्रेस सङ्ग्रहालयका लागि सञ्चारसम्बद्ध ऐतिहासिक सामाग्री उपलब्ध गराउन विभिन्न सञ्चार माध्यम, सञ्चार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैर सरकारी निकायहरूलाई अपिल गरेको हो । काउन्सिलले सङ्ग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई पुनः पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।३ वर्षअघिदेखि काउन्सिल परिसरमा सङ्ग्रहालय स्थापना गरी ट्रेडल मेसिन, कटिङ मेसिन (म्यानुअल), केस नेपाली र अङग्रेजी (फन्टसहित रूलरसहितको प्रुफ मेसिन), विभिन्न आकारका चिम्टा, स्टिक, विभिन्न आकारका रुलरहरू, हेडिङ ब्लक फोटासहित, जिङ्क ब्लक (पुराना फोटासहित), ग्यालीहरु, फ्रेम/साँचो/सेटधागो, हाते टाइपराइटर र फ्याक्स मेसिन, प...

दुना टपरीमा पहीरो १५लाख बराबर क्षेती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनलाई पहिरोले क्षती गरेको छ । सुनकोशी गाउँपालिका वडा नम्बर ३ सुकुटे सेरामा रहेको सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको भबनमा माथीबाट श्रावण ३० गते राती परेको अबिर बर्षाको कारण पहिरो खसी भबन पुर्ण रुपमा क्षती भएको हो । पहिरोबाट भबन भित्र रहेको सामानहरु नस्ट भएको छ भने सुरक्षाकर्मी जनप्रतिनिधीहरुको सहयोगमा पुरिएको मेसिन निकालिएको छ । निकालीएको मेशीन पनि क्षेती भएको अबस्थामा रहेको उत्पादन केन्द्रका शारदा प्रसाद चालीसेले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ३ अध्यक्ष इश्वर तामाङ वडा नं ५ का अध्यक्ष जाल बाहादुर तामाङ सुरक्षा निकायहरुकोे उपस्थितमा मेसिन र केही सामान निकालीएको छ, भने करिब १५ लाख बराबरको क्षती भएको छ । ...

आलेखः कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
ललितपुर (गोदावरी) ३१ साउनः नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल उत्पादन गर्न सकिने ती विद्यार्थीहरुको भनाइ छ । कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ । ललितपुर गोदावरी नगरपालिका–१ मा जस्ता पाताको घर बनाइ विश्वविद्यालयका पाँचजना विद्यार्थीहरू यतिबेला कालो सैनिक झिँगाको अनुस...

सामुदायिक बन दिवस को अबशरमा ब्यक्तीत्व कला सहीत बृक्षरोपण

कृषि, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ७मा रहेको ज्ञानमन्दीर नमुना माबीमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस मनाइएको छ । चौतारा सिन्धुपाल्चोक सामुदायिक बन उपभोक्ता महासघ नेपाल जिल्ला महासघ सिन्धुपाल्चोक को आयोजना , चौतारा सागाचोकगढी नगरपालिका वडा नँ ७ को सहयोग र डिभिजन बन कार्यालय सिन्धुपाल्चोक र श्री ज्ञान मन्दिर नमुना मा. बि. मेल्चौरको समन्वयमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस २०८१ को अवसर पारेर शुक्रबार श्रावण २५गते चौतारा सागाचोकगढी नगरपालिका अन्तर्गत मा. बि. स्तरिय ब्यक्तीत्व कला प्रतियोगिता कार्यक्रमको आयोजना गरेर दिबश मनाएको हो ।सामुदायिक बन ब्यवस्थापन्मा स्थानिय सरकार र समुदायको भुमिका विषयक उक्त बक्तृत्व कला प्रतियोगितामा नगरप...

ईन्द्रावती गाउँपालिकाको वार्षिक समीक्षा, ८२ दशमलव २९ प्रतिशत प्रगति

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सन्ताेष सिग्देल,नवलपुर । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रमहरुको बार्षिक समिक्षा गरेको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । ईन्द्रावती गाउँपालिकाले गत आ.व मा कुल ८२.२९% प्रगती हाँसिल गरेको छ । १८% काम गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । गाउँपालिकाको गत आ.व को आर्थिक बिवरण प्रस्तुत गर्दै लेखा शाखा प्रमुख भास्कर पन्तले आर्थिक बर्ष २०८०÷०८१ को अनुमानित आय ८५ करोड १० लाख ९५ हजार रहेको जानकारी दिनुभयो ।   तर वास्तविक प्राप्ती भने ७६ करोड ३२ लाख ३४ हजार ६ सय ९७ भएको छ । ठुलो मात्रामा घाटा बजेट निर्माण हुनु, समयमा रकमान्तर नहुनु, समयमै योजना तथा कार्यक्रम सम्पन्न ...

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
वीरगञ्ज (पर्सा), २२ साउनः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न वीरगञ्जका दुवै भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । आज सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको छुट्टाछुट्टै अनुगमन गर्नुहुँदै मन्त्री अधिकारीले आयातीत रासायनिक मलको भन्सार जाँच प्रक्रियालाई सहज र सरल बनाउनसमेत आग्रह गर्नुभयो । “रासायनिक मलको भन्सार जाँचपासमा ढिलासुस्ती हुँदा कृषकले मल अभावको सास्ती भोग्नुपर्ने हुन्छ । त्यसैले जाँचपासमा उच्च प्राथमिकतामा राखेर छिटोछरितो बनाउनुहोला”, मन्त्री अधिकारीले भन्नुभयो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले रासायनिक मलको प्राविधिक जाँचको रिपोर्ट आउनेबित्तिकै भन्सार पास हुने गरेको जानकारी गराउनुभयो । “विदेशी मुलुकबाट आयात ग...

नेत्रज्योती कृषी सहकारीको १२ औं साधरणसभा सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
नेत्रज्योती कृषी सहकारी संस्थाको १२आंै साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिरखाने कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यबाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट गरेको कामहरुमा पारदर्सीता र स्तरियता हुने बताउनु भएको छ । उहाँले सहकारीहरु नाफामुखी व्यापारमुखी हुनुभन्दा पनि सेवामुखी हुनपर्ने बताउँनु भयो । हरेक उत्पादनमा नगरपालिकाले अनुदान दिएको छ, हरेक क्षेत्रमा उत्पादनका लागि बिउ बिजन, मलमा अनुदान दिएको छ, तर पनि नगरका खेतीयोग्य जमीनहरु बाँझै रहेका छन्, यसतर्फ सबैको ध्यान जान जरुरी रहेका बताउदै उत्पादनमुलक काममा सबै मिलेर अगाडी बढ्न पर्ने समेत बताउँनु भयो ।प्राय कृषकहरुले पहिलो त आफैले खानका लागी खेती गर्ने गरेको भएपनि आफुले प्रयोग गरेर बाँकी रहेको सामाग्री बिक्री गरेर नगदमा परिणत गरेर अरु खाँचो टार्ने गरेको पाइएको धार...

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
कास्की, १५ साउनः पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि...

झारनाशक विषादीको प्रयोगमा किसान आकर्षित

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
चण्डीका नेपाली /मेलम्ची सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको किसानहरू पछिल्लो समय झारनाशक विषादीप्रति आकर्षित भएका छन् । झारनाशक विषादीको प्रयोगले श्रमशक्ति र खर्च दुवैको बचत हुने भएपछि किसान त्यसप्रति आकर्षित भएका छन् । जिल्लामा धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको मेलम्ची नगरपालिका –९ ज्यामिरेका किसान लोक बहाद्र गिरी बताउनुहुन्छ । गिरीले यो वर्ष रोपाइँ गर्दा आफूले १५ रोपनी जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर धान गोड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ ।” मेलम्ची नगरपालिकाको कृषि शाखाको प्राविधिक अमर आचार्य पनि किसानले आफ्नो सजिलोका लागि झारनाशक विषादीको प्रयोग बढाइरहेको बताउनुहुन्छ । आचार्यका अनुसार पछिल्लो समय ध...

कोदो खाने रहर, जानु पर्छ शहर

कृषि, जिबनशैली, विचार
नवराज बस्नेत कोदोवाली स्वास्थ्य पोषण व्यवसाय वातावरणीय र खाध्य सुरक्षामा महत्वपूर्ण मानिन्छ । थोरै खाए पुग्ने, आडिलो विस्तारै पच्ने, छिटो पाक्ने, लगानी कम, मलजल कम चाहिने, सवै ठाँउ र रुखोपाखो जमिनमा पनि फल्ने, रोगाकिरा कम लाग्ने, विषादी र रसायनिक मल नचाहिने, दाना र पिठोबाट बन्ने सम्पुर्ण परिकार बनाउन मिल्ने पोसिलो र आडिलो खाध्य बालिको रुपमा लिन सकिन्छ । यसले खाध्य सुरक्षा र अर्थ तन्त्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको पाइन्छ । खाध्य सुरक्षा र पोषणमा बरदान चामलमा भन्दा क्याल्सियम ३५ गुणा र आइरन १५ गुणा बढी कोदोमा पोषण तत्व पाईने पोषण युक्त अनाज भएकोले मानवलाई चाहिने सन्तुलित पोषण तत्व कार्बाेहाइड्रेट कम र अन्य लवण, आइरन, क्याल्सीयम, फस्फोरस र अमिनोएसिड लगायतका तत्वहरु प्रसस्त पाइने, ग्यूटेक नहुने लेक्टीन नहुने र सवै उमेर समूहका रोगी व्यक्तिहरुले समेत उपयोग गर्न मिल्ने औषाधिय गुण भएको मानव...