अराजकतालाई मलजल गर्ने कुनै पनि मिडिया कारवाहीमा ः अध्यक्ष बस्नेत
१३ कार्तिक २०८१
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ ।
सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’
नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखिकरण कक्षामा बोल्दै उहाँले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न स...
