राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया
चौतारा । माघ २७
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय द्धारा सिन्धुपाल्चोकका नागरिक समाजका प्रतिनिधिहरु संग चौतारामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको संघिय निर्वाचनको पुर्व सन्ध्यामा मनवअधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाइको नेतृत्वमा आएको टोलीले जिल्लाको समग्र मानव अधिकारको अवस्था र निर्वाचन आचार संहिता कार्यान्वयनको अवस्था बारे अनुगमनका लागि सिन्धुपाल्चोक आएका हो । जिल्ला प्रवेश गरेपछि आयोगले याहाँका नागरिक समाजका प्रतिनिधिहरु संग अन्र्तक्रिया गरेको हो ।
अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष भवानी श्रेष्ठ, नेपाल वार एसोसियसनका अध्यक्ष भूपेन्द्रबहादुर थिङ, निर्वाचन पर्यवेक्षण गर्ने सस्था जियोग का संयोजक ज्ञानेन्द्र तिमल्सीना, मानव अधिकार सं...








