काठमाडौँ, ३० चैतः प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२÷८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको छ ।
सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।छलफलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य भरत प्रसाद पराजुली ले प्रधानमन्त्री बालेन शाह समक्ष जिल्लाका विभिन्न महत्वपूर्ण मागहरू प्रस्तुत गर्नु भएको छ। उँहाले तत्काल बिशेष सम्बोधन भैहाल्नु पर्ने बिषयहरुमा , प्रधानमन्त्रीलाइ २८ बँदे ध्यानाआकर्षण गराउनुभएको समाचार आएको छ सञ्चार कर्मी बिजय नेपालका अनुसारउँहाद्धारा गराउँनु भएकोसम्बोधन हुनुपर्ने बुँदाहरुमा
१. अरनिको राजमार्ग पुनः निर्माण र सीमा सुरक्षाका लागि तैनाथ सुरक्षा भवन, भन्सार र सीमा एवं अध्यागमन कार्यालय लगायतका सबै निकायहरुका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु एउटै निकायबाट निर्माण गर्ने गरी अधिकार सम्पन्न अरनिको राजमार्ग पुनः निर्माण तथा तातोपानी नाका व्यवस्थापन निर्देशनालय गठन गरी तातोपानी नाकालाई देशको प्रमुख भन्सारको रुपमा विकास गर्ने गरी आगामी आ.व.०८३÷८४ को नीति तथा कार्यक्रममा समेटी वजेटको व्यवस्था हुनु पर्ने ।
२.सिन्धुपाल्चोकको लामोसाँघुमा बन्द अवस्थामा रहेको नेपाल ओरिएण्ड म्याग्नेसाइड उद्योगलाई आ.व.०८३÷८४ देखि (एगदष्अि–एचष्खबतभ एबचतलभचकजष्उ (एएए) ःयमभ)ि मा सञ्चालन गर्ने गरी निति तथा कार्यक्रममा समेटिनु पर्ने ।
३.प्राकृतिक जोखिमका हिसावमा सिन्धुपाल्चोक उच्च सम्भावित जोखिम भएको जिल्ला हो । विगत १० वर्षको अवधिमा वर्षेनि कुनै न कुनै तथा सिङ्गो जिल्ला जोखिमकै अवस्थामा छ ।
जुरेको पहिरो, मेलम्चीको बाढी, लिदिको पहिरो, चीनको न्यालम क्षेत्रमा आएको उच्च वर्षाको कारण भोटेकोशी सुनकोशी क्षेत्रको डुवान आदीका कारण वर्षै पिच्छे ठूलो धनजनको क्षती हुने गरेको सन्दर्भमा यि क्षेत्र अझै पनि जोखिम युक्त नै भएको र कुनै वैकल्पिक व्यवथा गरि नसकेको
हुनाले यो जिल्लालाई सम्भावित विपद् जोखिमका हिसावमा ’क’ वर्गमा राखि सोहि अनुसार श्रोत र साधनको व्यवस्था हुनु आवश्यक छ ।
४.आगामी आ.व.२०८३÷८४ बाट हरेक पालिकामा यातायात संजाल विस्तार गर्न कम्तीमा दुईवटा सडक निर्माणको लागि संघिय सरकारको बजेट मार्फत बहुवर्षिय आयोजना सुरु गर्न नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने ।
५.आगामी आ.व.२०८३÷८४ बाट हरेक पालिकामा एक बृहत खानेपानी र बृहत सिचाई आयोजना निर्माणको लागि संघिय सरकारको बजेट मार्फत निर्माण गर्ने व्यवस्था मिलाउनु पर्ने ।
६. आगामी आ.व.२०८३÷८४ बाट हरेक पालिकामा एउटा प्राविधिक शिक्षालय र एकिकृत कृषि सेवा केन्द्र संघिय सरकार मातहत संचालन हुने गरी स्थापना गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने ।
७.निर्वाचन क्षेत्र जोड्ने गरि सडक सञ्जाल विस्तार र निर्माणलाई निरन्तरता दिन बजेटको व्यवस्था हुनु पर्ने ।
८.निर्वाचन क्षेत्रभित्र रहेका जलविरे, बाह्रविसे, ठूलोपाखर र ठोकर्पा आधारभुत अस्पतालका लागि आवश्यक उपरकरण, विशेषज्ञ डाक्टर सहितका स्वास्थ्यकर्मीको व्यवस्था हुनु पर्ने।
९.अरनीको राजमार्गको वाह्वविसे कोदारी खण्डमा लार्चा पुल, लिपिङ्ग पुल र कोठेको पहिरोको लागि टेण्डर लागि सकेको र विनियोजित बजेट अपर्याप्त भएकोले यसै आ.व.मा थप बजेटको व्यवस्था हुनु आवश्यक ।
१०.सिन्धुपाल्चोक जिल्लामा सवै गाउँपालिका र नगरपालिकामा वाँदर, बदेल र दुम्सीको अतिक्रमणबाट किसानहरु विस्थापित हुनु परेको छ। जसको कारण जमिन बाँझो हुने प्रतिशत बृद्धि भएको हुँदा खाद्यान्नमा पूर्णरुपमा परनिर्भरता देखिनसक्ने हुँदा वन्यजन्तु नियन्त्रण नीति आवश्यक देखिएको ।
११. लाङटाङ्ग राष्टिाङ्ग निकुञ्ज र गौरीशंकर संरक्षण क्षेत्रको घोषणा सँगै हिमाली क्षेत्रमा रहेको चैरिपालन व्यवसाय विस्थापित हुँदै गएको छ । जडिबुटि संकलन प्रशोधन र निकासी उद्योग बन्द भएका छन् । स्लेट ढुङ्गा उत्खनन् उद्योगमा निर्भर परिवारका नागरिकहरु विदेशिन बाध्य छन् । तसर्थ संरक्षण क्षेत्रलाई विकास र वातावरण विच सन्तुलन कायम गर्ने गरी परम्परागत व्यवसाय लगायत कृषि, पर्यटन र जलविद्युत विकासका लागि सहज हुने गरी अगामी आ.व. को नीति तथा कार्यक्रममा सम्बोधन गर्दा उपयुक्त हुने ।
१२.प्रशासनिक प्रकृया पुरा गरी उत्खनन गरिएका स्लेट ढुङ्गाहरु ढुवानी गर्दा बाटोमा हुने प्रहरी÷प्रशासनको अवरोधलाई सहजिकरण गरिनु पर्ने।
१३.जिल्लालाई पर्यटकिय हवको रुपमा विकास गर्न संभावना भएका मेलम्ची, पाँचपोखरी, जुगल, स्यालपोखरी, लिस्ती, भैरवकुण्ड, कालिञ्चोक, खरिढुङ्गा, तौथली, लिसंखु, चेहरे लगायतका स्थानहरुमा पदमार्ग सहित पर्यटकीय पूर्वाधारहरु निर्माण गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मार्फत वजेट सहित नीतिगत सम्बोधन हुनु पर्ने।
१४. जिल्ला भित्र संचालन हुने जलविद्युत, पर्यटन एवं कृषि लगायतका उद्योगहरुमा कम्तीमा निर्वाचन क्षेत्र भित्रका अति विपन्न, विपन्न, मध्यम वर्गीय परिवारहरुलाई लक्षित गरी प्रारम्भिक मूल्यमा आयोजना÷उद्योगहरुको कम्तीमा ५% प्रवर्धक शेयर अनिवार्य लगानी गर्न दिनुपर्ने नीतिगत व्यवस्था हुनु पर्ने ।
१५. बुदा नं.१४ अनुसार शेयर खरिद गर्न निम्न तथा मध्यम आयस्तर भएका परिवारहरुलाई शेयर उपलव्ध गराउने कम्पनीको स्वीकृति पत्रको आधारमा वित्तिय संस्थाहरुले सम्बन्धित लगानी कर्तालाई ऋण उपलव्ध गराउने नीतिगत सुनिश्चितता गर्नुपर्ने ।
१६.बलेफी–तेम्बाथान सडकको लागि यस आ.व.मा विनियोजन भएको रकम अपुग हुने भएकोले लगभग थप ६ करोड निकासा हुनु पर्ने ।
१७.बाह्रविसे नगरपालिका वडा नं.६,७,८, २ (कर्थली), १ (दोलेसा), ७ देउराली, घलंसा, ८ घुडे, ९ (चुल्ठी), २ धाङसा, ६ मान्द्रा, गानी, भैलीकुण्ड, ५ बालुवा लगायतका बस्तीहरु नगर क्षेत्र घोषणा भईसकेको भएता पनि न्यूनतम आधारभूत पूर्वाधारहरु समेत नपुगेकोले यस्ता बस्तीहरुलाई संघिय सरकारले पूर्वाधार कोष खडा गरी सम्बोधन गर्न नीतिगत व्यवस्था हुनुपर्ने ।
१८.रोटेभिर, पौडेल गाउँ, सूनखाडी, घुडे, ओमपार्क सडक निर्माणधिन रहेकोले यसै आ.ब. भित्र थप रु.१५ करोड विनियोजन र पिङ्डाँडा, वाफल २१ किलो सडक अलपत्र अवस्थामा रहेकोले संघिय सरकार मातहत ल्याई सम्पन्न गराउनुपर्ने ।
१९.वर्षातमा उत्पादित जलविद्युत खपत भईनसक्ने सन्दर्भमा भण्डार गरी बहुउपयोग गर्ने प्रविधि अन्तर्गत ग्रीन हाईड्रोजन उत्पादन तथा अन्वेशण केन्द्रको रुपमा नेपाल जलविद्युत प्राधिकरणको लामोसांगु केन्द्रमा पाईलट प्रोजेक्टको रुपमा विकास गर्ने गरि आगामी आ.व.को नीती ÷कार्यत्रम तथा बजेटमा समावेश गर्ने ।
२०.कृषि उपजको भण्डारीकरण तथा बजार सुनिश्चीतता एकिन गर्न एउटा निर्वाचन क्षेत्रमा एउटा कोल्ड स्टोर निर्माण गर्ने गरी वजेट सहित नीतिगत व्यवस्था हुनु पर्ने ।
२१. बाझो जमिनलाई खेती लगाउन विदेशिएका जनशक्तीलाई स्वदेश फर्कने वातावरण बनाउन नीतिगत व्यवस्था गर्नुपर्ने ।
२२. सिन्धुपाल्चोक जिल्ला काठमाडौंको नजिकमा रहेको विद्युत उत्पादनको उच्च सम्भावना भएको क्षेत्र हो । निर्वाचन क्षेत्र नं. २ मा २० मेगावाट सम्म र १ मा ६७१ मेगावाट विद्युत उत्पादन हुन्छ। जसमध्ये २०२ मेगावाट का अयोजना निमार्ण भईसकेका वा निर्माणाधिन तथा निर्माणको तयारीमा रहेको छन् । यहाँ पूराना प्रविधि देखि नयाँ आधुनिक प्रविधि (नहर देखि सुरुङ्ग र सम्पूर्ण खुल्ला देखि सबै भूमिगत पाईप आदि) जडान भएको हुँदा सिन्धुपाल्चोक जिल्लामा संघिय सरकारको मातहतमा रहने गरि जलविद्युत उत्पादन, अनुसन्धान तथा बहुआयामिक प्राविधिक शिक्षालयको रुपमा स्थापना गर्नुपर्ने ।
२३. संघिय सरकारको नीति तथा कार्यक्रममा प्रत्येक पालिका स्तरमा एक खेल मैदानको व्वस्था गर्ने गरी आगामी आ.व.को निती तथा कार्यक्रमा समावेश गरिनुपर्ने ।
२४. ढाडे, डल्ले पोखरी, भैरवकुण्ड लिस्ती डाक्लाङ अन्तर पालिका सडक सञ्चालन गरनिुपर्ने ।
२५. कार्तिके, नाम्फा जोड्ने मोटरेबल पूल निर्माण गर्नुपर्ने ।
२६. बाह्रविसे बजारलाई व्यपारकि हव र तौथली बजारलाई सांस्कृतिक बजार एवं लिसङ्खुपाखरको घ्याङ्डाडालाई बौद्ध दर्शन केन्द्रको रुपमा विकास गर्ने ।
२७. देशमा उद्योगीकरण तथा रोजगारी श्रृजना गर्न कम्तीमा ५ वर्ष नेपाल बाट पुँजी बाहिर लैजान रोक्नु पर्ने।
२८. जलविद्युत लगायतका पूर्वाधारका आयोजनाहरु सहज रुपमा निर्माण गर्न मौजुदा वन र निकुञ्ज ऐन पुनर्लेखन गरिनु पर्ने रहेको छ
