सम्पर्क

क्षेत्र नं २का माननीय युबराज दुलाल द्धारा प्रधानमन्त्री समक्ष ८बुदे प्रस्ताब

काठमाडौँ, ३० चैतः सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र न २का सााद माननीय युबराज दुुलाल शरद ले प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको अबशरमा तत्काल सम्बोधन गर्न पर्ने ८बुदे प्रस्ताबहरु प्रस्तुत गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त छलफलमा चालु आर्थिक वर्ष २०८२÷८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक क्षेत्रका विविध विषयमा कुराकानी भएको थियो ।सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा प्राथमिकतामा राख्नुपर्ने योजनाहरू प्रस्तुत गर्नुका साथै आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न माग तथा सुझावहरू अघि सार्नुभएको थियो ।छलफलमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य युवराज दुलाल शरद ले प्रधानमन्त्री बालेन शाह समक्ष जिल्लाका विभिन्न महत्वपूर्ण मागहरू प्रस्तुत गर्नु भएको छ। उँहाले आफ्नो सामाजिक सञ्जाल मार्फत गराउँनु भएको जानकारी अनुसार सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह समक्ष चैत्र ३० गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरु (प्रत्यक्ष तर्फ)को छलफल मा यसै बर्ष असार मसान्तसम्म गर्न सकिने र गर्नु पर्ने कामहरुका सवालमा निम्न विषयहरु प्रधानमन्त्री समक्ष राखेको बताउँनु भएको छ । सम्माननीय प्रधान मनत्री समक्ष उँहाले १. बॉदर नियन्त्रण विधेयक तत्काल निर्माण गर्नु पर्ने, २. गूठी जग्गा पीडित किसानका समस्या समाधान हुने गरी गूठी विधेयक तत्काल ल्याउनु पर्ने ३. मेलम्ची र इन्द्रावती नदी किनारका बाढीको अति उच्च जोखिममा रहेका बस्तिहरुको तत्काल संरक्षण गर्नु पर्ने, ४. मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको सामाजिक उत्थान कार्यक्रम लागू गर्न गठन आदेश तत्काल स्विकृत गर्नु पर्ने, ५. ९२ करोडको स्टिमेट सहित स्रोत सहमतीको लागि अर्थ मन्त्रालयमा पेश भएको मेलम्ची हेलम्बु सडक निर्माणको स्रोत सहमती भइ पुन ठेक्का हुनु पर्ने, ६. मेलम्ची आयोजना ठेकेदार पीडित स्थानीय सप्लायर्सहरुले पाउनु पर्ने भुक्तानी तुरुन्त पाउनु पर्ने, ७. मध्य पहाडी लोकमार्गको बन्देउ बाहुनेपाटी खण्डको सडक पिच गर्ने कार्य यसै वर्ष सक्नु पर्ने र झ्याडी खोला पुलको ठेक्का तत्काल गर्नु पर्ने,
८. स्वास्थ्य विमा कार्यक्रममा समावेस नागरिकहरुले सबै अस्पतालबाट विमा सेवा सहज रुपमा पाउनु पर्ने प्रस्ताब पेश गर्नु भएको छ ।