सम्पर्क

ब्रेकिङ न्युज १

साँझ ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अरनिको राजमार्ग बन्द

साँझ ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अरनिको राजमार्ग बन्द

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला लगाएत देसका बिभिन्न क्षेत्रमा आज बिहानै देखी वर्षा भइरहेको छ । यसै सन्धर्भमा जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले पनी जिल्लाका विभिन्न स्थानहरूमा आज दिनभरदेखि निरन्तर वर्षा भइरहेको जनाउँदै सबैमा सतर्कता अपनाउँन अन्ुरोध गरेको छ । हाल पनि वर्षा जारी रहेको छ। यसका कारण नदी आसपासका क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरोको जोखिम हुन सक्ने भएकाले सम्पूर्ण जिल्लावासीमा उच्च सतर्कता अपनाउन जिल्ल प्रशासन कार्यलय सिन्धुपाल्चोकले अन्ुरोध गरेको छ । यसका साथै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले अरनिको राजमार्गमा आज साँझ ८ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ।उक्त व्यवस्था आगामी असोज १२ गतेसम्म लागू हुने भएकाले राजमार्ग हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकहरूले सोहीअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न अनुरोध गर...
आज देशैभर कांग्रेसको पालिका अधिवेशन

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ । त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो । नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका ...
अपाङ्गता भएका व्यक्तिको पहुँच र समावेशीकरणमा टुकी संघको परियोजना, १ करोड ५७ लाख बढी खर्च

अपाङ्गता भएका व्यक्तिको पहुँच र समावेशीकरणमा टुकी संघको परियोजना, १ करोड ५७ लाख बढी खर्च

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
 अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, अधिकार र समावेशीकरण अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची नगरपालिकामा सञ्चालित चारवर्षे परियोजनाको प्रगति तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको छ । ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा टुकी संघ सुनकोशीले सञ्चालन गर्दै आएको ‘अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि परियोजना’ अन्तर्गत स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा हालसम्म भएका कामको प्रगति समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमबारे छलफल गरिएको हो । चार वर्षका लागि सञ्चालनमा रहेको परियोजनाको कुल बजेट २ करोड ४ लाख ३ हजार ९ सय ४ रुपैयाँ रहेकोमा हालसम्म १ करोड ५७ लाख २१ हजार ८ सय १४ रुपैयाँ खर्च भएको जानकारी बैठकमा दिइएको थियो । परियोजनाअन्तर्गत मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी तथा शारीरिक पुनर्स्थापना सेवा, आर्थिक तथा वित्तीय समावेशीकरण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् उत्थानशीलता अभिवृद्धि, सामाजिक सुर...
जन्मत्सोवपार्कमा बिरुवा गोड्दै बज्रयोगिनीको साधरण सभा सम्पन्न

जन्मत्सोवपार्कमा बिरुवा गोड्दै बज्रयोगिनीको साधरण सभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासँँगाचोकगढीमा रहेको घमानेडाँडा स्थित थानबारेगढी जन्मत्सोव पार्कमा रोपीएको बिरुवाहरु गोड्रदै बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाको १४ साधरण सभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी वडा नं १४को सामुदायक भवनमा साधरण सभाको समुदघाटन भएको थियो ।   १४ नंवडाका वडा अध्यक्ष तथा नगर लेखा समितीका संयोजक उद्धव नेपालले साधरण सभाको उद्धघाटन गर्दे नगरपालिकामा अपागंता क्षेत्रमा रहेको एकमात्र सहकारी सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले हाल सम्म गरेका कामहरुको प्रशंसा गर्देै सिन्धुपाल्चोकमा कृषी क्षेत्रमा सहजीकरण गर्नका लागी नेत्रज्योती कृषीसहकारी सस्था सँग सहकार्य गरी पहीलो पटक खेत जोत्ने टेक्टर ल्याइएको र कृषकलाइ सहयोग गरेको बताउँनु भयो । उँहाले अपागंता क्षेत्रमा काम गर्ने नगरमा रहेको एक मात्र सस्था बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाले नगरका सबै क्षेत्रमा गइ सुबिधा दि...
कांग्रेसको १५औँ महाधिवेशनमा गुट–उपगुटभन्दा सक्षम नेतृत्व चयन गरौंः  तामाङ

कांग्रेसको १५औँ महाधिवेशनमा गुट–उपगुटभन्दा सक्षम नेतृत्व चयन गरौंः तामाङ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ का क्षेत्रीय सभापति आइतमान तामाङले पार्टीको १५औँ महाधिवेशनलाई गुट–उपगुटभन्दा माथि उठेर सक्षम, जिम्मेवार र इमानदार नेतृत्व चयन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा पार्टीलाई थप सशक्त, जिम्मेवार र गतिशील बनाउन वडा तहदेखि नै योग्य नेतृत्व चयन गर्नुपर्ने उहाँको भनाइ छ। मुलुक संकटपूर्ण अवस्थामा रहेका बेला लोकतान्त्रिक पार्टी गुट–उपगुटको जञ्जालमा फस्न नहुनेमा उहाँले जोड दिनुभएको छ। प्रेस विज्ञप्ति जारी गर्दै तामाङले पार्टीलाई वर्तमान अवस्थासम्म ल्याउन अग्रज तथा समकालीन नेता–कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ। विगतमा कमजोर अवस्थाबाट स्थानीय तह, प्रदेश तथा संघमा सम्मानजनक मत प्राप्त गर्ने अवस्थामा पार्टी पुग्नुमा कार्यकर्ताको मे...
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन

सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
देवराज सुवेदी चौतारा, सिन्धुपाल्चोक । चाडपर्व नजिकिँदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमनलाई निरन्तरता दिएको छ। नगर उपप्रमुख सिता थापाको नेतृत्वमा नगरपालिकाले आज सुकुटे, साँगाचोकलगायतका बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमन गरेको हो। अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु स्वस्थकर भए–नभएको, मासु राख्ने तथा बिक्री गर्ने स्थानको सरसफाइ, बधशालाको स्वच्छता तथा व्यवस्थापन, व्यवसाय दर्ता भए–नभएको लगायतका विषयमा निरीक्षण गरिएको थियो। चाडपर्वका समयमा मासुको खपत बढ्ने भएकाले उपभोक्ताले स्वच्छ तथा स्वस्थकर मासु प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले जानकारी दिनुभयो।स्वस्थ्य तथा गुणस्तरीय मासु उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सकून् भन्...
सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्व्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको उप प्रमुख सिता थापाले हरेक बिकासका कामहरुमा गुणस्तरिय हुन पर्छ गुणस्तर हिन काम गर्ने जो केही भए पनी कार्बहीको भागी हुन पर्छ भन्नु भएको छ । उँहाले चौतारा साँगाचोकगढी–४ चागुलेटोल–बासपाटी–सिम्ले–ठुलाखेत आफर कृषि सडक निर्माणको गुणस्तर र प्रभावकारिताबारे स्थानीयबाट गुनासो बढेपछि उप–प्रमुख सीता थापाको नेतृत्वमा नगरपालिकाको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्ने क्रममा यस्तो बताउँनुएको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राविधिक शाखा प्रमुख बिकास श्रेष्ठ योजना प्रमुख दुर्गा ढुगेंल लगाएतका सहभागी टोलीले निर्माण कार्यको अवस्था र प्रगतिको जानकारी लिएको हो। कुल ३ करोड रुपैयाँ लागत रहेको योजनामध्ये १ करोड ९२ लाख रुपैयाँमा गौतम प्रभात जेभीसँग ठेक्का सम्झौता भएको छ। स्थानीयको माग र योजनाको आवश्यकताअनुसार ठेक्का अवध...
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका चुनौतीलगायतका विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित 'छापा माध्यम बचाउ सुझाव कार्यदल' ले हालै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभापति थापाले सो धारणा व्यक्त गरेका हुन् । पार्टी मुख्यालय सानेपा पुगेको कार्यदल संयोजक दामोदर प्रसाद दवाडी नेतृत्वको टोलीलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले स्वतन्त्र प्रेस माथि संकुचन पत्रकारको पेशागत समस्या भए पनि आफ्नो पार्टीका लागि सो विषय लोकतन्त्रकै महत्वपूर्ण सवाल भएको धारणा व्यक्त गरेका थिए । पत्रकार र सञ्चारमाध्यमले ...
विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्दै

विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्दै

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
देबराज सुबेदी         कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ। ग्रासरुट तहदेखि नै प्रतिभा पहिचान गरी उनीहरूलाई उचित अवसर र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो । विराटनगर किङ्सले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १ देखि ५ गतेसम्म (सेप्टेम्बर १७ देखि २१, २०२६) सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघअन्तर्गतका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीबीच टी–२० फर्म्याटमा मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदान, विराटनगर–६ मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली युवा खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने विराटनगर किङ्सका टिम म्यानेजर बिजय धितालले जानकारी दिन...
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

ब्रेकिङ न्युज १, समाचार
एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।  हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौंदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो । आज भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठूलो परिवर्तनको महसुस गरेको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहि...