सम्पर्क

ब्रेकिङ न्युज १

आइतबारको बिदा खारेज

ब्रेकिङ न्युज १, समाचार
नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । उक्त निर्णय गत जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।...

मेलम्ची नगर प्रमुखद्वारा अनुगमनलाई तिव्रता

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा नगरप्रमुख तामाङले वडा नं ६ को ताराङमाराङमा बाढीले पुर्याएको क्षति र नदीले गरेको कटानको अवलोकन र पिडित स्थानीय हरु संग भेटघाट गरिएको थियो । सोहि क्रममा वडा नं ७ को भट्टारमा निर्मित तितेखानी भट्टार लिफ्टिङ मोटर सिंचाईको उद्घाटन गरेको छ । विकास एवम् प्राकृतिक विपद्ले पारेको प्रभाव, नगर र प्रदेश सरकारद्वारा संचालित योजनाको अनुगमन, अध्ययन तथा अवलोकनलाई प्रमुख तामाङले तिब्रता दिनुभएको छ ।...

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
रूपक पुरी नेपाल शिक्षक सँघ सिन्धुपाल्चोकले २०७९ वैशाख ३० को स्थानिय निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फवाट निर्वाचित पालिका प्रमुख तथा नेपाल शिक्षक सँघमा आवद्व भई निर्वाचित वडाअध्यक्षहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरको छ । सम्मानित हुनेहरूमा मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङ , हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा , बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा लगायत रहनुभएको छ । नेपाल शिक्षक सँघको बागमती प्रदेश उपमासचिव वाङजुङ लामाको प्रमुख आतिथ्यतामा र जिल्ला अध्यक्ष तुलसी प्रसाद दँगालको सभापतित्वमा भएको कार्यक्रमको सँचालन भने जिल्ला सचिव ऋषिराम पौड्यालले गर्नुभएको थियो । त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि...

सिन्धुपाल्चोकमा लोपन्मुख लगायतको अनुसन्धान गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह लगायतका क्षेत्रहरुमा बसोबास गर्ने लोपोन्मुख राउटे, सिमान्तकृत,वर्गका मानिसहरुको ज्ञान सीपको अध्ययन अभिलेखिकरण र प्रकाशन गर्ने कार्यक्रम हुने भएको छ । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जलधार व्यवस्थापन कार्यक्रम, डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा राउटे, लोपोन्मुख ,सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालले सिन्धुपाल्चोकमा सक्रिय रहेका स्थानीय संस्थाहरु मार्फत यो कार्यक्रम गर्ने भएको हो । प्रतिष्ठानको अध्यक्ष सत्यदेवी खड्काका अनुसार माझी,भुजेल,दनुवार,थामि,पहरी जातिका बसोबास भएको ठाउमा गई उनीहरुको अवस्थाका बारेमा अध्ययन अनुसन्धान गरि वास्तविकता सार्वजनिक गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको छ । वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका सहायक वन डिभिजन अधिकृत कृष्ण बहादुर थापाले विश्व र नेपालको जनसंख्याको विवरण र जातजातिहरु नेपालमा आदिवास...

काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ७ कृषक सम्मानित

ब्रेकिङ न्युज १, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ७ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । नगद १५ हजार, दोसल्ला र प्रमाणपत्र सहित मंगलबार कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र प्रधान, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी लगायतले सम्मान गर्नु भएको थियो । सात वटा प्रदेश मध्ये बागमगती प्रदेश अन्र्तगतका जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको छ । उत्कृष्ट राष्ट्रपति कृषक सम्मानका लागि आवेदन माग गरिएका ३८ वटा आवेदन मध्ये ७ वटा आवेदन छनौट गरी स्थलगत अध्ययन पश्चात सम्मान गरिएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले बताउनु भयो । काभ्रेपलाञ्चोकबाट २८ कृषकको आवेदन परेको थियो भने सिन्धुपाल्चोक जिल्लाबाट १० वटा आवेदन दर्ता भएका थिए । काभ्रेपलाञ्चोक जिल्लाका ४ र सिन्धुपाल्चोक जिल्लाका ३ जना उत्कृष्ट कृषक सम्मानित भएका छन् ।कृषकहरुलाई उत्साहित गर्न सम्मान कार्...

मेलम्चीको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान

ब्रेकिङ न्युज १, समाचार
भर्खरै सम्पन्न स्थानिय तहमा निर्वाचित मेलम्ची नगरपालिकाका प्रमुख ,उपप्रमुख र वडा नम्बर ११का जनप्रतिनिधिलाई मेलम्ची नगर उद्योग वाणिज्य सघंले बधाई तथा शुुभकामना प्रदान गरेको छ । एक कार्यक्रमका बिच सघंका तर्फबाट कानुनी सल्लाहकार विष्णु प्रसाद धितालले नगर प्रमुख आइतमान तामाङलाई अब समृद्ध नगर मेलम्ची बनाउनका लागि मेलम्ची उद्योग वाणिज्य सघं सँग समन्वय गर्दै काम गर्न आग्रह गर्नुभयो । उहाँले बजार ब्यबस्थापन, सार्वजानिक शौचालय, पार्किङ ,खानेपानी, फोहोरमैला ब्यबस्थापन लगायतका काम गर्नुपर्नेमा नगरको ध्यानाकर्षण गराउनुभएको थियो । नगर प्रमुख तामाङले उद्योग वाणिज्य सघंसँग सहकार्य गर्दै आगामि दिनमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाह्रै महिना चल्ने सडक निर्माण, बर्खाको समयमा ह्युम पाइप निकालेपछि वैलल्पिक सडक ब्यबस्थापन,मख्य सडक सञ्चालनको लागि तयारी तथा ब्यापारीको हकहितका काम गर्ने प्रतिबद्धता ज...

सिन्धुपाल्चोकसहीत सरकारको बजेट

#, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मालो आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गर्नु भएको हो । budget fullआगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।बिनीयोजित बजेटमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु बाह्रबिसे नगरपालिकालाइ३७ करोड ७२ लाख चौतारासागढी नगरपालिकालाइ ६५ करोड ६८ लाख मेलम्ची नगरपालिकालाइ ६२ करोड ५ लाख भोटेकोशी गाउँपालिकालाइ २६ करोड ८ लाख त्रिपुरासुन्दरी गाँउपालिकालाइ२७ करोड २४ लाख लिसंखुपाखर गाउपालिकालाइ ३० करोड ८३ लाखसुनकोशी गाउँपालिकालाइ ३६ करोड ३१ लाख बलेफी गाउपालिकालाइ ३३ करोड ९५ लाखजुगल गाउपालिकालाइ ३३ करोड ८२ लाख ईन्द्रावती ...

सम्पर्कविहीन जहाजको तीव्ररुपमा खोजी

ब्रेकिङ न्युज १, समाचार
पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकप्टर परिचालन गरेको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको त्यहाँका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...

मिडिया साक्षरतामा ध्यान दिन प्रेस काउन्सिल अध्यक्ष बस्नेतको आग्रह

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । ‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ’– काउन्सिलद्धारा शुक्रबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा बोल्दै उहाँले भन्नुभयो । मिडिया साक्षरताको लागि सरकारले पर्याप्त स्रोत÷साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव थियो । ‘काउन्सिलले खासगरी नयाँ आउने अनलाइन मिडियाका सञ्चालक र पत्रकारमा केन्द्रित भई नियमितरूपमा आचारसंहिता अभिमुखीकरण अभियान थालेको हो–उहाँले भन्नुभयो ।’ सोही क्रममा विषय विज्ञका रूपमा आउनुभएका त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डा.कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गर्नुभय...

सरकारले पेट्रोलियम पदार्थमा कर घटाइँदै

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने भएको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ ।...