सम्पर्क

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

रूपक पुरी
नेपाल शिक्षक सँघ सिन्धुपाल्चोकले २०७९ वैशाख ३० को स्थानिय निर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फवाट निर्वाचित पालिका प्रमुख तथा नेपाल शिक्षक सँघमा आवद्व भई निर्वाचित वडाअध्यक्षहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरको छ । सम्मानित हुनेहरूमा मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङ , हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा , बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा लगायत रहनुभएको छ । नेपाल शिक्षक सँघको बागमती प्रदेश उपमासचिव वाङजुङ लामाको प्रमुख आतिथ्यतामा र जिल्ला अध्यक्ष तुलसी प्रसाद दँगालको सभापतित्वमा भएको कार्यक्रमको सँचालन भने जिल्ला सचिव ऋषिराम पौड्यालले गर्नुभएको थियो । त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सुभकामना प्रदान गरेको छ । शनिबार संगठनद्वारा आयोजित कार्यक्रममा निर्वाचित अध्यक्ष झम्क नेपाल ले शिक्षक हरुको शिर झुक्न नदिने बताउनुभयो । उहाँले शिक्षा बाट मात्र समाज परिवर्तन गर्न सकिने बताउदै गुणस्तरीय शिक्षा अबको प्राथमिकता भएको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका इन्द्रावती गाउँपालिका कमिटी अध्यक्ष सावित्री गजुरेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय अनुशासन कमिटी सदस्य एवं मेलम्ची नगरका निवर्तमान प्रमुख डम्बर अर्यालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पालिका अध्यक्ष झम्क नेपाल उपाध्यक्ष सोभाना तमाङ १२ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य हरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती प्रदेश सचिव राजेन्द्र शेष्ठले शैक्षिक सुधारका लागि गाउँपालिकाले पहल लिनुपर्ने बताउनुभयो । सिन्धु साहित्य प्रतिष्ठानका सदस्य जगन्नाथ आचार्यले कबिता वाचन गर्नुभएको संगठनका सचिव उद्धव लामिछानेले जानकारी दिनुभयो ।