सम्पर्क

ब्रेकिङ न्युज १

युवासंघका उपाध्यक्ष सहीत दर्जनौ नेता काँग्रेसमा प्रबेस मोहन बस्नेत द्धारा स्वागत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्लाको नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य एवं युवा संघ जिल्ला कमिटी उपाध्यक्ष बिनोदलामाजिल्ला जन संस्कृति महासंघ उपाध्यक्ष एवं अनेमा संघ जिल्ला महिला सदस्य गायक कलाकार डोल्मा लामा सहीत दर्जनौ नेताहरु नेपाली काँग्रेसमा प्रबेश गरेको समाचार प्राप्त भएको छ। हामीलाइ प्राप्त समाचार अनुसार लामो समय देखि नेकपा एमालेमा रहेर संगठन निर्माणका लागि सकृय रूपमा नेतृत्वदायी भुमिका निर्वाह गरेर पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएका व्यक्तित्वहरु नेकपा एमाले, माओवादी र राप्रपा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्नू भएको हो । नव प्रबेशीहरुलाइ नेपाली कााग्रेसका केन्द्रयि सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले टिका र खादा लगाएर प्रबेश गराउँनु भएको थियो । यसरी प्रबेश गर्नेहरुमा विनोद लामा जुगल ७ नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य एवं युवा संघ ...

उज्यालो को अध्यक्षतामा राम कार्की

ब्रेकिङ न्युज १, समाचार
  सिन्धु पाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋणसहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा रामबहादुर कार्कीको अध्यक्षतामा नँया कार्य समिती निर्बाचित गर्दै सम्पन्न भएको छ । निर्बचित पदाधिकारीहरुमा अध्यक्षमा राम वहादुर कार्की ,उपाध्यक्षमा टंक कार्की र कोषाध्यक्षमा ललित राना सर्वसम्मत निर्बाचत हुनु भएको छ । यसै गरी सचिबमा चन्द्र बहादुर खत्री,सदस्यहरुमा शारदा पुरी ,मिन प्रसाद ढुगांना,पितम कुँबर,लोक बहादुर कार्की ,तारादेबी खत्री,अम्बर घले र हरीकुमार श्रेष्ठ,निर्बाचित हुनु भएको छ । एक सचिब पदमा दुइजना र ७सदस्य पदमा १६जना शेयर सदस्यले चाहाना राखे पछी निर्बाचन भएको थियो । निर्बाचनमा सचिब सञ्जबि तामागंले४२६ मत ल्याउँदा चन्द्र बहादुर खत्रीले ६२३मत ल्याइ सचिब पदमा बिजय हुनु भएको थियो भने ,सदस्यहरुमा मिन प्रसाद ढुगांना४८३ शारदा पुरी ४७८, हरीकुमा...

थुप्रै समस्या र चुनौतीका बीच यो प्रतिनिधिसभाको कार्यकाल गौरवपूर्ण रह्यो :सभामुखसापकोटा

अन्तर्वाता, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा प्रतिनिधिसभाले जनपक्षीय काम गरेको चर्चा भइरहेको छ । बजेट अधिवेशनमा नै ३० वटा विधेयक पारित भएको छ । यसैक्रममा चिनियाँ जनकंग्रेसका अध्यक्षको नेपाल भ्रमणसमेत सम्पन्न भएको छ । ऐतिहासिक राष्ट्रिय एकता कायम गरेर संविधान संशोधनमार्फत सोही सदनले नेपालको चुच्चे नक्सा जारी गरेको छ । प्रतिनिधिसभाको पछिल्लो कार्यकाल, यसले निर्वाह गरेको भूमिका तथा सङ्घीय सदनको नेतृत्वका हिसाबले निर्वाह गरेको भूमिकालगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र अशोक घिमिरेले गरेको अन्तरर्वार्ताको सम्पादित अंश : नेपालको संविधान जारी भएपछि गठन भएको प्रति...

वार्षिक दुई करोडको लप्सी बाहिरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ । यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र (सिडेक)का अध्यक्ष राजकुमार भण्डारी बताउनुहुन्छ । जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सीे साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार जिल्...

पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौं ः शिक्षामन्त्री पौडेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा –वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताउनुभयो । “पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिदैन,” उहाँले भन्नुभयो, “प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।” बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उहाँको भनाइ रहेको छ । विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको ...

माओबादी चौताराले मनायो संविधान दिवश

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत ÷चौतारा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चौतारा साँगाचोकगढी नगरपालिका समितिले ८ औँ संविधान दिवश एक कार्यक्रम गरि मनाएको छ । संविधान विशको अवसरमा चियापान तथा शुभकामना आदनप्रदानको साथै नगर पार्टी कार्यालय समेत स्थापना गरेको छ । पार्टी पोलिटव्यूरो सदस्य एवं चौतारा साँगाचोकगढी नगरपलिकाको जनर्निर्वाचित नगर प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको शुभकामना व्यक्त गर्दे सापकोटाले भने “संविधान प्राप्तीमा पार्टीको महत्वपूर्ण भूमिका रह्यो, संविधानमा समावेशि र समानुपातिक प्रतिनिधीत्वको व्यवस्था गरेर १० वर्षे जनयुद्धमा पार्टीले उठाएको एजेण्डाहरु स्थापीत भएको उल्लेख गरे । त्यस्तै जिल्ला पार्टी संयोजक गोविन्द पराजुलीले संबिधानमा समाबेश भएको कुराहरु कार्यान्वयनमा पार्टीकै मुख्य भूमिका रहनेमा जोट दिए । कार्याक्रममा पार्टीको वाग्म...

शिक्षक संघ सिन्धुपाल्चोकले मनायो संविधान दिवस

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
चौतारा/ नेपाल शिक्षक संघ सिन्धुपाल्चोक को नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण संगै संविधान दिवस मनाएको छ।नेपाल शिक्षक संघको भवन चौतरामा शिक्षक संघको निवर्तमान अध्यक्ष तुलसीप्रसाद दङ्गाल,शिक्षक महासंघ सिन्धुपाल्चोकको अध्यक्ष कुमार प्रसाद खतिवडा ,ट्रेड युनियन काङ्ग्रेस सिन्धुपाल्चोकको सचिव हरिचन्द्र खड्का ,शिक्षक संघ सिन्धुपाल्चोकको अध्यक्षका प्रत्यासी शिवराम नेपाल लगायत स्थानीय तहको पदाधिकारीहरुको उपस्थित रहेको थियो।शिक्षक संघको पहिलो बैठक बसी नेपाल शिक्षक संघले भावी कार्यक्रम र रणनीति समेत तय गरेको शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष ऋषिराम पौडेलले बताए।नेपाल शिक्षक संघको नवौं जिल्ला अधिवेशन असोज १ गते कृष्ण रत्न गङ्गा माबिमा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख उपस्थितिमा शुरु भइ हिजो २ गते नयाँ नेतृत्वको लागि निर्वाचन समेत सम्पन्न गरेको थियो।...

महिला जिताऔ अभियानको अन्तक्रिया सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोकजिल्लाको सदरमुकाम तौतारामा महीला जिताऔ अभियान अन्तरगत एक दिने अन्तर क्रिया कार्यक्रम भएको छ । महिला गैर सरकारी संस्था महाससंघको सहयोग समन्वय आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा महिला जिताऔ अभियान आसन्न निर्वाचानमा महिलाको अर्थपुर्ण सहभागिता विषयक १ दिने अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । आइतबार कार्यक्रम सञ्चालन गरिएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको सभापतीत्वमा नगरको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपक्षि विकास मन्त्रालय माननीय राज्य मन्त्री इन्द्रमाया गुरुङ्ग,ले महीलालेअबशर पाउादा धेरैराम्रा काम गर्न सक्छन भन्नेउदाहरण प्रस्तुत भइसकेकोले पनी महीलाहरुलाइ पहीलो प्थमिकतामा राखेर काम गर्न पर्ने बेला आएको बताउँनु भयो । कार्यक्रमका विशोष अतिथि राष्ट्रिय सभा सदस्य गरिमा शाहले अझै पनी महीलाहरु पुरुषको निर्देशनमा क...

यु एम मेलम्ची शाखाले गर्यो ११औं साधारणसभा

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
देबराज सुबेदी यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची आफ्नो ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा रहेको सो सहकारीको मूख्य कार्यालय काभ्रेको बनेपामा रहेको छ । ८ वटा शाखा रहेको सहकारी मध्ये साधारणसभामा सहकारीले उत्कृष्ट बचतकर्तामा दिनेश बरुवाल, उत्कृष्ट बाल बचतकर्तामा रिहाना बानियाँ, उत्कृष्ट ऋणीमा मंगली तामाङ, नियमित बचतकर्तामा ज्ञानेश्वरी श्रेष्ठ, उत्कृष्ट शेयर खरिदकर्तामा विजय श्रेष्ठ, जेष्ठ सदस्यमा टंक प्रसाद दुलाल, उत्कृष्ट कर्मचारीमा शर्मिला चौलागाई सम्मान गरेको छ । कुल पुँजी ९२ करोड भन्दा बढी रहेको सहकारीको १७ हजार बढी शेयर सदस्य मध्ये मेलम्ची शाखामा ६०२ र बाल सदस्य ३१२ शेयर सदस्य रहेको शाखा प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो । साधारणसभामा मेलम्ची नगरपालिका वडा नं। ११ का अध्यक्ष चन्द्र बहादुर तामाङले शुभकामना ब्यक्त गर्दै वडा कार्यालयब...

बेपत्ता शिक्षकको २२ घण्टापछि जीवितै उद्धार

ब्रेकिङ न्युज १, समाचार
हेलम्बु गाउँपालिका १ सर्कथली छ्यादी खोलाले बगाएर शनिबार बेपत्ता भएका शिक्षकको २२ घण्टापछि जीवितै उद्धार गरिएको छ । दोलखा कालिञ्चोक ३ घरभएका शिक्षक केशव सिवाकोटीको स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आउनुभएको थियो । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा सिवाकोटी सहित ४ जना नुहाएर फर्किने क्रममा चिप्लएर सिवाकोटीलाई खोलाले बगाएको थियो । एक्कासी खोलामा चिप्लिएर उहाँ खसेर हराएपछि प्रत्यक्षदर्र्शी शिक्षक र स्थानीय प्रहरी लगायत खोजकार्यमा जुटेको थियो । बेपत्ता सिवाकोटी नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजेको समयमा ‘बचाउ‚ बचाउ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका निमाग्याल्जेन शेर्पालाई गुहारेका थियो । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा ढुंगाको...