चौतारा/ नेपाल शिक्षक संघ सिन्धुपाल्चोक को नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण संगै संविधान दिवस मनाएको छ।
नेपाल शिक्षक संघको भवन चौतरामा शिक्षक संघको निवर्तमान अध्यक्ष तुलसीप्रसाद दङ्गाल,शिक्षक महासंघ सिन्धुपाल्चोकको अध्यक्ष कुमार प्रसाद खतिवडा ,ट्रेड युनियन काङ्ग्रेस सिन्धुपाल्चोकको सचिव हरिचन्द्र खड्का ,
शिक्षक संघ सिन्धुपाल्चोकको अध्यक्षका प्रत्यासी शिवराम नेपाल लगायत स्थानीय तहको पदाधिकारीहरुको उपस्थित रहेको थियो।शिक्षक संघको पहिलो बैठक बसी नेपाल शिक्षक संघले भावी कार्यक्रम र रणनीति समेत तय गरेको शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष ऋषिराम पौडेलले बताए।नेपाल शिक्षक संघको नवौं जिल्ला अधिवेशन असोज १ गते कृष्ण रत्न गङ्गा माबिमा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख उपस्थितिमा शुरु भइ हिजो २ गते नयाँ नेतृत्वको लागि निर्वाचन समेत सम्पन्न गरेको थियो।
