सम्पर्क

सागाँचोकको हर्रेमा चोर मान्छे काटेर फरार

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १० मा पर्ने साँगाचोकको हर्रेमा गए राती ज्यान मार्ने उद्धेश्यले आमा छोरालाइ अपरिचीत ब्यक्तीले काटेको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार आइतबार राती करिब ११ः३० बजे तिर सबै सुतेको अबस्थामा चौतारा साँगाचोकगढी नगरपालिका १० हर्रे तल्लो अरनिको राजमार्गको सिमलको रुख माथीको घरमा एक्कासी चोर पसी धनमाल लुटपाट गरी ज्यान मार्ने उद्धेश्यका साथ सुतिरहेका आमा छोरालाइ काटेको स्थानीय बिबेक तामागले जानकारी दिनु भयो ।स्थानीय समाज सेबी रहरबहानदुर तामागंले राती अन्दाजी ११ः४५बजे तिर आबज आएर कराएको सुने पछी उक्त घरमा गाँउँका मानीसहरु सहीत जाँदा चोर भागी सकेको घरमा सुतिरहेको बर्ष २७को करुणा तामागं घाइते अबस्थामा देखे पछी त्तकाल सोधपुछ गर्दा आफु सुतिरहेको र सुत्को अबस्थामा गलामा थिच्न आउँदा भुत आयो भनी सम्झेर उठ्ना खोज्दा घाँटीमा थिचेकोले आफुले मान्छे चिन्न नसकेको र तत्काल बत्ती समेत बाल्न खोज्दा नबलेको ले हतियारले काटेर भागेको बताएको र महीला को अबस्था गम्भरि रहेको बताउँनु भयो । पछी अन्त बत्ती बलेको ले त्यस घरमा हेर्दा बत्तकिो मिटर समेत बन्द गरेको अबस्थामा रहेकोले चोरहरुले मिटर समेत बन्द गरेका थिए । कती धनमाल चोरी भयो भन्ने एकीन जानकारी भएको छैन । तामागंका अनुसार १२ बर्षका छोरा छितीज तामागं सहीत आमा करुणा लाइ तत्काल सुरक्षकर्मी सहीतले उपचारका लागी चौतारा अस्पताल लाँदा आमाको चौताराअस्पतालमा उपचार हुन नसक्ने बताए पछी धुलिखेल लगेको रछोरालाइ सामान्य उपचार पछी घर लगीएको छ । घाइते करुणाको धुलिखेल अस्पतालमा उपचार भइरहेको समेत रहर बहादुर तामागंले जानकारी दिनु भयो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी शिब बुढाथोकीले घटनामा सगलग्न हरुको खोजी भइरहेको बताउँनु भयो ।