सम्पर्क

सुत्केरी गाई भैँसीका लागि पनी अनुदान

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले यस बर्ष देखी सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ ।चौतारा साँगाचोकगढी नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर के सी ले सुचना प्रकाशित गरी यस समबन्धमा जानकारी गराउँनु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका कृषी तथा पशुपन्छी शाखाका प्रमुख अजुर्न खड्काले नगरका कृषकहरुको आयआर्जन बढाउँन र स्थानीय स्तरमा नै रोजगारमा बृद्धी गर्नका लागी नगर पालिकाकाले यो योजना ल्याएको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका पशु सेवा शाखाको कार्यक्रम अनुसार २०७९साउन १ गतेबाट सुत्केरी भई दूध दिँदै गरेका गाई भैँसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलब्ध गराइने भए पछी पशुपालनब्यबसाय गर्ने कृषक हरु लाइ थप उर्जा मिलेको नेत्रज्योती कृषी तथा पशुपालन फर्मका सञ्चालक खिन कुमारी बस्नेतले बताउँनुभयो । नगरपालिकाले नगर भित्रका प्रति सुत्केरी गाईभैंसी बराबर रु २५ सय नगद किसानलाई उपलब्ध गराइने छ ।यसका लागी पोषण अनुदानका लागि किसानले सम्बन्धित वडाको सिफारिस पत्र, पशु बीमा पोलिसी प्रतिलिपि, सुत्केरी गाई वा भैँसीको बच्चासहितको रङ्गिन फोटो र सम्बन्धित पशु धनीको नागरिकताको प्रतिलिपि नगरपालिकाको पशु सेवा शाखामा बुझाउनु पर्ने छ पशु सेवा प्राविधिक रविन्द्र सापकोटाले जानकारी दिनुभयो।पालिकाभित्र दुधालु पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको व्यवस्थापन गरेकोे । गर्भिणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले नगरबाट अनुदान योजना ल्याइएको सापकोटाले जानकारी दिनुभयो ।नगरपालिकाले यो आर्थिक वर्षबाट सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने कार्यक्रम राम्रो भएको र अबन गरपालिका भित्र दुध र खाद्यान्न बालीमा सक्षम बनाउँनका लागी नगरपालिकाले चालेका् कदम स्वागत योग्य रहेको र खाश गरी चौतारा साँगाचोकगढी नगरपालिकामा बर्तामान नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सिता थापा सहीतका प्राय वडा अध्यक्षहरु क्ेषी तथा पशुवालन ब्यबसाय प्रति जानकार रहेका कारण यस क्षेत्रले प्राथीमकता पाइ नगरपलिकालाइ खाद्यन्नमा आफै उत्पादन गरेर सम्पन्न गराउँन सहजता हुने नेत्रज्योती कृषी सहकारी सस्थाका अध्यक्ष राम बहादुर तामागंले बताउँनु भयो । यो सुचनालाइ वडाकार्यलयहरबाट पनी वडाबासीहरुमा जानकारी गराउँदै सुचना प्रकाशित गरेको समाचार प्राप्त भएको छ।