सम्पर्क

शिक्षक संघको अधिबेशन अध्यक्षमा पौडेल

नेपाल शिक्षक संघको अध्यक्षमा ऋषिराम पौडेल विजयी भएका हुनुभएका छन् ।
शनिबार संघको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा सम्पन्न नवौं अधिवेशन निकटतम प्रतिस्पर्धी शिवराम न्यौपानेलाई पराजित गरेर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेल ५ सय ५ मतसहित अध्यक्षमा विजयी हुँदा न्यौपानेले २ सय ७५ मत मात्रै प्राप्त गर्नुभएको थियो । संघको अन्य पदाधिकारीमा पनि पौडेल समूहकै बर्चश्व कायम भएको छ । त्यसैगरी महिला उपाध्यक्षमा निर्मला तिमल्सिना निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ३६ मत प्राप्त गरि विजय हासिल गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी लक्ष्मी पौडेलले ३ सय ३३ मत मात्रै प्राप्त गर्नुभयो । यसैगरी, सचिव पदमा रुद्र कार्की ४ सय ४८ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी पुण्य गजुरेललाई पराजित गरेर कार्की ुेविजय हुनुभएको छ । यसैगरी अर्थ सचिवमा नारायण प्रसाद नेपाल निर्विरोध हुनुभएको छ । सहसचिव बिजय अधिकारी ३६५ ल्याइ बिजय हुनुभएको छ भने उँहाका निकटतम प्रतिस्पर्धी नबराज पौडेलले २५०मत र भुपेन्द्र पौडेल १ शय ४३ ल्याउँनु भएको थियो । यसै सहसचिव समाबेशीमा मिङमार लामा (निर्विरोध )राजनरत्न दनुवार (निर्विरोध ) हुनुभएको छ। सघको अर्थ सचिव महिला मा शोभा बस्नेत (निर्विरोध )सहसचिव महिला माडोल्मा शेर्पा लामा( निर्विरोध महिला सदस्य हरुमाभक्तकुमारी खड्का बिनु बस्नेत बिन्दाकुमारी पौडेल निर्विरोध हुनुभएको छ। यसै गरी खुला सदस्यमा उमेश बस्नेत कृष्ण प्रसाद उप्रेती नारायण प्रसाद नेपाल शिबलाल श्रेष्ठ निर्विरोध हुनुभएको छ।यस्तै प्रदेश प्रतिनिधि खुला मा कबिराज पौडेल कल्पना मोक्तान केशव डोटेल तिलक दङ्गालभेषराम उपाध्याय निर्विरोध हुनुभएको छ । अधिबेशनमा प्रदेश प्रतिनिधि महिला तर्फ सरस्वती चौलागाईं सुबत्रा खत्री संघिय प्रतिनिधि खुला तर्फकेशवलाल श्रेष्ठ तुलसी दङ्गाल बासु पौडेल हरीबहादुर राय निर्विरोध हुनुभएको छ।यसै गरी संघिय प्रतिनिधि महिला सानुमाया तामाङ स्वस्थानी कुमारी पाण्डेरहनु भएको पृथ्बी जगं पाण्डेले जानकारी दिनुभयो ।