सम्पर्क

महिला जिताऔ अभियानको अन्तक्रिया सम्पन्न

सिन्धु पाल्चोकजिल्लाको सदरमुकाम तौतारामा महीला जिताऔ अभियान अन्तरगत एक दिने अन्तर क्रिया कार्यक्रम भएको छ । महिला गैर सरकारी संस्था महाससंघको सहयोग समन्वय आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा महिला जिताऔ अभियान आसन्न निर्वाचानमा महिलाको अर्थपुर्ण सहभागिता विषयक १ दिने अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । आइतबार कार्यक्रम सञ्चालन गरिएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको सभापतीत्वमा नगरको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपक्षि विकास मन्त्रालय माननीय राज्य मन्त्री इन्द्रमाया गुरुङ्ग,ले महीलालेअबशर पाउादा धेरैराम्रा काम गर्न सक्छन भन्नेउदाहरण प्रस्तुत भइसकेकोले पनी महीलाहरुलाइ पहीलो प्थमिकतामा राखेर काम गर्न पर्ने बेला आएको बताउँनु भयो । कार्यक्रमका विशोष अतिथि राष्ट्रिय सभा सदस्य गरिमा शाहले अझै पनी महीलाहरु पुरुषको निर्देशनमा काम गरिरहेको र मत माग्दा समेत पुरुषको भनाइ अनुसार मत दिन पर्ने चलन रही आएको ले आफ्नो मतदानकोअधिकार प्रयोग गर्न आफै सकृय रहनु पर्ने बताउँनु भयो। ,सुदुरपश्चिम प्रदेश सरकारका पुर्व मंत्री चुनकुमारी चौधरीले महीलाहरु आफैमा सक्रीय रहन सके अगाडी बढ्न सकीने बताउँनुभयो । चौतारा साँगाचोमगढी नगरपालिकाका उप प्रमुख सिता थापाले हरेक महीलाहरको आफ्नै समस्या छन तर पनी नेतृत्वमा जानका लागीm बिगतका दिनहरुमा भन्दा सक्रिय रुपमा अगाडी बढीरहेकाले यो अबस्थामा सबैले महीलालाइ अगाडी बढाउान पर्ने बताउँनु भयो । ,मेलम्ची नगरपालिकाका पुर्व उपप्रमुख भगवती नेपाल,अपि हिमाल गाँउपालिकाका पुर्व कार्यपालिका सदस्य रुकमती जागरी नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ,लगाएतले महीलाको नेर्तत्वका बारेमा सबै पक्ष बाट सहयोग गर्नु पर्ने बताउँनु भयो । मंसिर ४ को निर्वाचनमा विभिन्न पार्टीबाट प्रत्यक्ष एवम् समानुपातिकबाट संघ र प्रदेशमा सिफारीस हुनुभएका महिला नेताहरु , विभिन्न संघ संस्थाका प्रतिनिधि हरु ,नगरपालिकाका कार्यपालिका सदस्यहरु,संस्थाका कार्यसमिति पदाधिकारीहरुको सहभागितामा कार्यक्रम भएको थियो । राजनीतिमा महिला सशक्तिकरण,नेतृत्व क्षमतामा विकास,राज्यको निर्णायक तहसम्म महिलाको सहभागिता सुनिश्चित विषयमाथि जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष पानमाया तामाङ्गले वताउनु भयो । कार्यक्रममा राज्यले व्यवस्था गरेको नीति अनुसार पार्टीको केन्द्रिय तहसम्म ३३५ महिलाको सहभागिता र महिला नेतृत्वको भुमिकाबारे मेलम्ची नगरपालिकाका पुर्व उपप्रमुख भगवती नेपाल ले सहजिकरण गर्नु भएको थियो । मंसिर ४ को निर्वाचनमा पार्टीबाट संघ र प्रदेशमा महिलाको अर्थपुर्ण सहभागिताका लागि पार्टी नेतृत्वको भुमिका विषयक का बारेमा राष्ट्रिय सभा सदस्य गरिमा शाह ले सहजिकरण गर्नुभएको थियो । अन्तरक्रियामा आसन्न निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता गराउने र राज्यको केन्द्रिय तहसम्म महिलाको सहभागितालाई सुनिश्चित गराउने बिषयमा सबै पक्षले गम्भीर भएर लाग्न पर्ने र महीला सम्बन्धी संघ सस्थाहरुले पनी हरेक टोल गाँउमा यस्ता कुराहरुका बारेमा अनत्र क्रिया गरेर सचेतनामुलक कार्यक्रम गर्न सके जो उमेद्धार बनेका महीलाहरुलाइ जिताउँने अभियन सफल हुने बिश्वास लिइएको छ ।