सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटीमा पवित्र कृषि सहकारि संस्था लिमिटेडकोे उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख तामाङले सहकारीले आफ्नो दायित्व पुरा गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले एउटै उद्धेश्यले खुलेका सहकारीलाई मर्ज गर्दै अगाडी बढ्ने योजना नगरपालिकाको रहेको सुनाउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले नाफा कमाउने उद्धेश्यले मात्र नभएर सेवा गर्ने उद्धेश्यले खुलेका सहकारीलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।उहाँले कृषि सहकारी भएकाले किसाका मुद्धाहरुमा सक्रिय भएर लाग्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा निर्बतमान जिल्ला समन्वय समतिका प्रमुख कृष्ण गोपाल तामाङले सहकारीलाई सफलताको सुभकामना ब्यक्त गर्दै सहकारीले पुरा गर्नुपर्ने दायित्वका बारेमा सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रममा सहकारी अभियान्ता एवम् सुर्यमुखि साना किसान कृषि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईले सहकारी सञ्चालका केहि तरिकाबारे जानकारी गराउनुभएको थियो ।उहाँले आफ्नो सहकारीले गरेका कामको चर्चा गर्दै किसानका हितका लागि काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष गणेश तामाङ, स्थानिय समाजसेवि, सुरक्षाकर्मि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सहकारीका अध्यक्ष यज्ञ दोङको अध्यक्षतामा भएको कार्यक्रम भुगोल आचार्यले सञ्चालन गर्नुभएको थियो ।
