देबराज सुबेदी
यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची आफ्नो ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा रहेको सो सहकारीको मूख्य कार्यालय काभ्रेको बनेपामा रहेको छ । ८ वटा शाखा रहेको सहकारी मध्ये साधारणसभामा सहकारीले उत्कृष्ट बचतकर्तामा दिनेश बरुवाल, उत्कृष्ट बाल बचतकर्तामा रिहाना बानियाँ, उत्कृष्ट ऋणीमा मंगली तामाङ, नियमित बचतकर्तामा ज्ञानेश्वरी श्रेष्ठ, उत्कृष्ट शेयर खरिदकर्तामा विजय श्रेष्ठ, जेष्ठ सदस्यमा टंक प्रसाद दुलाल, उत्कृष्ट कर्मचारीमा शर्मिला चौलागाई सम्मान गरेको छ ।
कुल पुँजी ९२ करोड भन्दा बढी रहेको सहकारीको १७ हजार बढी शेयर सदस्य मध्ये मेलम्ची शाखामा ६०२ र बाल सदस्य ३१२ शेयर सदस्य रहेको शाखा प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
साधारणसभामा मेलम्ची नगरपालिका वडा नं। ११ का अध्यक्ष चन्द्र बहादुर तामाङले शुभकामना ब्यक्त गर्दै वडा कार्यालयबाट गर्ने सहयोगमा समन्वयकारी भूमिका खेल्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले बजार ब्यबस्थापनको लागि सहकारी बाट आएको सुझाव,सिसि क्यामेरा ब्यबस्थान तथा सञ्चालनका कुराहरुमा वडाले नगरपालिका सँग समन्वय गरेर छिट्टै सुरु गर्ने बताउनुभयो ।कार्यक्रममा समाजसेवी सिद्धिनारायण श्रेष्ठ, शुभकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण दुलाल लगायतले साधारणसभाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
साधारणसभा सहकारीका अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा भएको हो ।
