सम्पर्क

उज्यालो को अध्यक्षतामा राम कार्की

 

सिन्धु पाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋणसहकारी संस्था लि.को १४ औं बार्षिक साधारण सभा रामबहादुर कार्कीको अध्यक्षतामा नँया कार्य समिती निर्बाचित गर्दै सम्पन्न भएको छ । निर्बचित पदाधिकारीहरुमा अध्यक्षमा राम वहादुर कार्की ,उपाध्यक्षमा टंक कार्की र कोषाध्यक्षमा ललित राना सर्वसम्मत निर्बाचत हुनु भएको छ । यसै गरी सचिबमा चन्द्र बहादुर खत्री,सदस्यहरुमा शारदा पुरी ,मिन प्रसाद ढुगांना,पितम कुँबर,लोक बहादुर कार्की ,तारादेबी खत्री,अम्बर घले र हरीकुमार श्रेष्ठ,निर्बाचित हुनु भएको छ । एक सचिब पदमा दुइजना र ७सदस्य पदमा १६जना शेयर सदस्यले चाहाना राखे पछी निर्बाचन भएको थियो । निर्बाचनमा सचिब सञ्जबि तामागंले४२६ मत ल्याउँदा चन्द्र बहादुर खत्रीले ६२३मत ल्याइ सचिब पदमा बिजय हुनु भएको थियो भने ,सदस्यहरुमा मिन प्रसाद ढुगांना४८३ शारदा पुरी ४७८, हरीकुमार श्रेष्ठ,ले ४५४ पितम कुँबर३८६,लोक बहादुर कार्की३५७ ,तारादेबी खत्री३७७,र अम्बर घले २८९ मत ल्याइ बिजय हुनु भएको छ।