सम्पर्क

ब्रेकिङ न्युज १

कोदारी राजमार्गमा पहीरो सडक आबतजबावत बन्द

कोदारी राजमार्गमा पहीरो सडक आबतजबावत बन्द

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीगाउँपालिका वडा नं २कोदारीमा पहिरोगएको कारण तातेपानी कोदारी राजमार्गमा सबारी साधानहरु आबत जाबतका लागी लागी बन्द भएको छ ।अरनिको राजमार्गमा हिजो र आज बिहान भएको बर्षादको कारण अंन्दाजी .२० मिटर लम्बाई बाटो छेउबाटपहिरो गई बाटो भासीन गएको कारण गाडि आवतजावको लागी बाटो अबरोध भएको इलाका प्रहरी कार्यलयका पहरी .निरिक्षक जगत ब.राईले जानकारी दिनु भएको छ । उँहाका अनुसार बाटो खुलाउँने प्रयास भइरहेको र मौषम सफारहेको अबस्थामा आजै साँझ सम्ममा बाटो खुल्ने भएको छ ।...
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १४ चैत : गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो । मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको छ । रासस...
एमाले अध्यक्ष ओली पक्राउ

एमाले अध्यक्ष ओली पक्राउ

ब्रेकिङ न्युज १, समाचार
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उहाँले जानकारी दिनुभयो । रासस...
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्

यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्

बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता ...
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा...
निर्वाचनसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरूलाई प्रशासन को   सम्मान

निर्वाचनसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरूलाई प्रशासन को सम्मान

#, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभाको निर्वाचन सफल बनाउन अहोरात्र खटिएका तिनै तहका सुरक्षाकर्मी, सञ्चारकर्मी तथा निर्वाचनसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र निर्वाचन आयोग सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो। उक्त कार्यक्रममा निर्वाचनका क्रममा देखिएका सहज तथा असहज अवस्थाहरू, भोग्नुपरेका चुनौतीहरू तथा कठिन परिस्थितिमा पनि निर्वाह गरिएको जिम्मेवारीबारे छलफल गरिएको थियो। सहभागीहरूले भविष्यमा यस्ता चुनौतीहरूलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्ने विषयमा समेत धारणा राखेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीद्वारा सम्मानपत्र वितरण गरिएको थियो। साथै निर्वाचन आयोगका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।  ...
ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

#, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, १२ चैतः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।रासस...
चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै  पहीलो स्थान पाउँने सम्भावाना

चौतारा अस्पतालले पायो ९६ अङ्क देसकै पहीलो स्थान पाउँने सम्भावाना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल मा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै अहीले सम्मको अनुगमनमा देसकै  पहिलो स्थान हासिल गरेको जनाएको छ । अस्पताल ब्यवस्थापन समितीको व्यवस्थित व्यवस्थापन प्रशासनको लगनसिलता तथा स्तरिय सेवा प्रदानका कारण यो ९६ अङ्क ल्याउँन सफल भएको हो । अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष केशब राज गिरीका अनुसार अनुगमनमा अस्पतालबाट प्रदान गरिएका सेवाहरु बिबरण तथा व्यवस्थापन सरसफाइ तथा उपलब्ध सेवाग्रहकिो व्यवस्थापन लगाएतका बारेमा जानकारी लिनुका साथै प्रत्यक्ष अनुगमन समेत गरिएको थियो । यस अघी चौतारा अस्पताल बागमती प्रदेशको पहिलो तथा देशभरि दोस्रो स्थानमा रहिसकेको थियो भने यस बर्ष पहीलो स्थान ओगट्न सक्ने सम्भावना रहेको छ । मिति २०८२ चैत्र ८ गते देखि १० गते सम्म (३ दिन) भएको च...
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ११ चैतः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिनुभएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाउनुभएको हो । ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरुले स्वागत गर्नुभएको थियो । संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनुहुने कार्यक्रम तय गरेको छ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नुहुनेछ ।रासस...
सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम

सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर' सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा 'एक जिल्ला एक स्वस्थ शहर कार्यक्रम' जिल्ला स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रममा साेमबार सम्पन्न भएकाे हाे ।बागमतीको १३ जिल्लाका १३ स्थानीय तह अन्तर्गत 'एक जिल्ला एक स्वस्थ शहर' मा सिन्धुपाल्चाेकमा मेलम्ची नगरपालिका छनौट भएकाे हो ।जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा जिल्ला समन्वय समिति, चौताराकाे सभाहलमा कार्यक्रम भएकाे हाे । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिसस उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, who बागमती प्रदेशका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे ।यस्तै ...