सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभाको निर्वाचन सफल बनाउन अहोरात्र खटिएका तिनै तहका सुरक्षाकर्मी, सञ्चारकर्मी तथा निर्वाचनसँग सम्बन्धित जिम्मेवार व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र निर्वाचन आयोग सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो।
उक्त कार्यक्रममा निर्वाचनका क्रममा देखिएका सहज तथा असहज अवस्थाहरू, भोग्नुपरेका चुनौतीहरू तथा कठिन परिस्थितिमा पनि निर्वाह गरिएको जिम्मेवारीबारे छलफल गरिएको थियो। सहभागीहरूले भविष्यमा यस्ता चुनौतीहरूलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्ने विषयमा समेत धारणा राखेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीद्वारा सम्मानपत्र वितरण गरिएको थियो। साथै निर्वाचन आयोगका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।