सम्पर्क

ब्रेकिङ न्युज १

राष्ट्रपतिमा कांग्रेसका पौडेल र एमालेका नेम्वाङको उम्मेदवारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दिनुभएको छ । पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान हुनुहुन्छ । यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ...

नेपाल विद्यार्थी संघको टेवलटेनिस प्रतियोगिता चौतारामा

खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाल विद्यार्थी संघ चौतारा बहुमुखी क्याम्पस इकाईको आयोजनामा नगर स्तरीय खुला प्रथम टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा प्रथम दितिय तृतीयले क्रमश नगद पाँच हजार,तिनहजार,प्रन्धसय सहित प्रमाणपत्र प्राप्त गरेका छन । विजेताहरुलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एंव ने.वि.संघ पुर्व जिल्ला अध्यक्ष विल बहादुर तामाङले प्रमाणप्रत्र सहित नगद हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा मिलन लामा प्रथम,आमोद शाही द्धितीय सविन सिलवाल तृतीय हुानु भएको थियो । कार्यक्रमको सभापति क्याम्पस इकाई सभापति गिरिराज कटुवालले गर्नुभएको थियोे । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।प्रमाण पत्र बितरण गर्दै तामागंले खेल जगतले बिद्यार्थीको स्वास्थ्य र ज्ञानमा प्रगती हुने बताउँनु भयो । यस्ता खेलहरु समय समयमा भैरहन पर्ने र बिद्यार्थीहरुको शिक्ष...

खडेरीले हिउँदे बालीको उत्पादन घट्यो

ब्रेकिङ न्युज १, समाचार
लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकहरुसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उहाँले बताउनुभयो । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन । जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु¥याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउ...

भोटेकोशीको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिकाको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । आर्थिक वर्षको छ महिनाको बिचमा गाउँपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई आगमि दिनमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने पालिकाका प्रमुख प्रशासकीय भद्र बहादुर बस्नेतले बताउनुभयो । अर्धबार्षिक समिक्षा कार्यक्रममा वडाका सचिवहरू साथै शाखाका प्रमुखहरुले आ–आफ्नो सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताउनुभयो । बिगतमा जे जस्तो भएपनि आगमि दिनहरुमा सतप्रतिशत नतिजा निकाल्ने गरी काममा लाग्न सबैसंग आग्रह गर्नुभयो । बुधबार भएको कार्यक्रममा पालिका उपाध्यक्ष दिछेन शेर्पा, वडाध्यक्ष, वडासदस्य लगायतको उप...

ग्याल्पो ल्होसारमा २ दिन विदा

ब्रेकिङ न्युज १, समाचार
हिमाली समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा भोटेकोशी गाउँपालिकाले २ दिन विदा दिने निर्णय गरेको छ । बुधबार गाउँपालिकाले सूचना निकाल्दै फागुन १० र ११ गते सांस्कृतिक महत्वको ग्याल्पो ल्होसारका लागि गाउँपालिका अन्तर्गत सरकारी कार्यालय तथा विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड हो । विशेषगरी शेर्पा जातीले ग्याल्पो ल्होसार मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।...

आन्दोलनरत यातायात मजदुरलाई वार्ताका लागि आह्वान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले आज बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए । ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् । बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले आज सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् । आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्व...

भ्ुामेश्वरी माविको ४५औ वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका – ५ सुनखानि स्थित भुमेश्वरी माध्यमिक विद्यालयले ६०औ बार्षिकोत्सव एवम २० औ अभिभावक सम्मेलन दिवस मनाएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष ट्रपिन्द्र प्रसाद तिमिल्सिनाले कार्यक्रम उद्धघाटन गर्नुभएको थियो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । यसैगरी गाउँपालिका उपाध्यक्ष कान्छि लामाले गाउँपालिकाबाट विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । त्यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, वडा अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जालबहादुर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक...

बाह्रबिसे राष्ट्रपति रनिङ शिल्डको उपाधि क्षेमादेवी माबिलाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  बाह्रबिसे नगर पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाह्र्बिसे नगरपालिका बाट क्षमादेबी माबी ले २८ मेडल जित्दै पहिलो हुन सफल भएको छ । नगर पालीकाको कबर्डहलमा संघीय सासंद माननीय मोहन बहानदुर बस्नेतले उद्घाटन गर्नु भएको खेलको बागमती प्रदेस माननीय मसिना खड्काले समापन गर्नु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै बागमति प्रदेस सभा सदस्य माननीय मसिना खड्काले खेल जगतले मानविय स्वास्थ्यको भुमिका खेल्ने भयकोले खेल कुद को विकासलाई पहिलो प्रथमिकतामा राख्न पर्ने जोड दिनु भयो । उहाँले खेतबारिमा काम गर्ने कृषक हरु कुनेै न कुनै तरिका बाट शारिरिक वायममा रहेका हुन्छन भने खेलकुदमा लागेकाहरुले पनि कुनै न कुनै तरिका बाट शारिरिक वायममा ,रहेका हुनछन भन्दै स्वास्थ्यको लागि खेलकुद अति आबशयक भएको बताउँनु भयो । पाचौ राष्ट्रपति रनिङ् खेलाडि छनोट गर्ने क्रममा छनोट भएका खेलाडि हरुलाई धन्यबादद...

तेर्से मावि ३२औँ वर्षमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका स्थित तेर्से माध्यामिक बिद्यालय तालामाराङको ३२ औँ बार्षिकोत्सब भव्यताका साथ मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कार्यक्रको उद्धघाटन गर्दै अबको ५ बर्ष भित्रमा गुणस्तरीय शिक्षाले मेलम्चीको मुहार फेरीने बताउनु भएको छ । नगरपालिका भित्रका सबै शिक्षक, अभिभावक, तथा बुद्धिजिवीहरु संगको सहकार्यमा गुणस्तरीय शिक्षा संचालनको लागि छिट्टैनै कार्यक्रम तर्जुमा गरीने पनि बताउनु भयो । उहाँले शैक्षिक क्षेत्रमा व्यापक सुधार र बिद्यालय प्रति बालबालिकाको आकर्षण बढाउन दिवा खाजा कार्यक्रमलाई नगरपालिकाको आन्तरीक स्रोतबाट कक्षा ८ सम्म थप गरिएको पनि जानकारी दिनुभयो । बिद्यालय दिवा खाजा कार्यक्रमलाई लाइ प्रभावकारि व्यवस्थापन गर्न नियमित अनुगमन लगायतका कार्यका लागि मेलम्ची नगरपालिका र बिश्व खाद्य सस्था सँग सम्झौता गरीएको पनि बताउनुभयो । गुणस्तरी...

मल अभाव हुँदा चिन्तामा किसान

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोख्नुभयो । उहाँ जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन् । मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ । किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ । “दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ । हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ”, इन्द्रावती–११ का उज्जर माझीले भन्नुभयो, “त्यति मल त करेसाबारीको सागलाई ...