सम्पर्क

भोटेकोशीको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

भोटेकोशी गाउँपालिकाको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । आर्थिक वर्षको छ महिनाको बिचमा गाउँपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई आगमि दिनमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने पालिकाका प्रमुख प्रशासकीय भद्र बहादुर बस्नेतले बताउनुभयो । अर्धबार्षिक समिक्षा कार्यक्रममा वडाका सचिवहरू साथै शाखाका प्रमुखहरुले आ–आफ्नो सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताउनुभयो । बिगतमा जे जस्तो भएपनि आगमि दिनहरुमा सतप्रतिशत नतिजा निकाल्ने गरी काममा लाग्न सबैसंग आग्रह गर्नुभयो । बुधबार भएको कार्यक्रममा पालिका उपाध्यक्ष दिछेन शेर्पा, वडाध्यक्ष, वडासदस्य लगायतको उपस्थिति रहेको थियो ।