सम्पर्क

ग्याल्पो ल्होसारमा २ दिन विदा

हिमाली समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा भोटेकोशी गाउँपालिकाले २ दिन विदा दिने निर्णय गरेको छ । बुधबार गाउँपालिकाले सूचना निकाल्दै फागुन १० र ११ गते सांस्कृतिक महत्वको ग्याल्पो ल्होसारका लागि गाउँपालिका अन्तर्गत सरकारी कार्यालय तथा विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ ।
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड हो । विशेषगरी शेर्पा जातीले ग्याल्पो ल्होसार मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।