वडाध्यको सुविधाबाट अक्षयकोष स्थापना ः उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाका वडा नं. ६ का वडा अध्यक्ष वडाध्यक्ष चक्रबहादुर बस्नेतले आफु वडाअध्यक्ष भएबापत जनप्रतिनिधीले पाँउने सेवा सुबिद्याबाट अक्षयकोष स्थापना गर्नुका साथै वडाका उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत गर्नु भएको छ । वडाध्यक्षहरूलाई मासिक १८ हजार भत्ता र कम्तीमा पनी दुई वटा बैठकको भत्ता २ हजार ५ सय गरी मासिक २० हजार ५ सय पाउने रकम अक्षय कोष स्थापना गरि जम्मा गरिएको छ । ५ वर्षसम्म प्राप्त हुने सबै सेवा सुविधा अक्षय कोषमा जम्मा गरेर त्यसबाट प्राप्त हुने ब्याजबाट वडा भित्र विभिन्न सामाजिक काम गर्न सुरुवात समेत वडा अध्यक्ष बस्नेतले सुरुवात गर्नु भएको छ । विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना गरेका छन् । सरकारले उपलब्ध गराउने सेवा सुविधाबाट सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेतले विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना ग...
