सम्पर्क

ब्रेकिङ न्युज १

अवैध यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ पक्राउ

ब्रेकिङ न्युज १, समाचार
अवैध रुपमा बिक्रीका लागि बोकेर हिँडेको अवस्थामा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारी स्थित प्रहरी चेक पोष्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा तातोपानीबाट बाह्रविसे तर्फ आउँदै गरेको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका वडा नं.५ का २६ वर्षीय वाङ्गेल तामाङ र भोटेकोशी गाउँपालिकाकै २४ वर्षीय पासाङ नुर्पु तामाङ रहेका छन् । वाङ्गेलले चलाएको बा.प्र ०२–०३७ प २८७५ नम्बरको मोटरसाइकल पछाडि सवार नुर्पुले बोकेको झोलाभित्र यार्सागुम्बा– १०७० (तौल २०३.४३० ग्राम) वटा र निलो रङको प्लाष्टिकको झोलामा ल्याएको अवस्थामा साना ठुला गरि जम्मा ७३ (तौल ६६६.९२० ग्राम ) वटा ढ्याङ्ग्रो च्याउ फेला पारी बरामद गरेको हो । बर...

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, १२ वैशाखः सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, दुव्र्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताउनुभयो । “द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पु¥याइरहेका छन्”, प्रतिवेदनमा भनिएको छ, “द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ ।” प्रतिवेदनमा दुव्र्यवहारविरुद्ध उभिँदै र मानव अधिकार संरक्षण तथा साझा मानवताको सम्मानको ...

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

ब्रेकिङ न्युज १, राजनिती, समाचार
यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, ए...

भिरखर्कका आगलागी पीडितलाई राहत सामग्री सहयोग

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं.७ भिरखर्कका आगलागीपीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ । गएको आईतबार कौ रे कान्छाको घरमा ग्यासको सिलिन्डर लिक भई लाखौको धनमाल सहित घर जलेर नष्ट भएको थियो । आगलागीपीडितको परिवारलाई बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ वडा अध्यक्ष जीबन कुमार भण्डारी लगाएतको टोली सोमबार घटनास्थल पुगेर खाद्यान्न सामग्री, लत्ताकपडा, टेन्ट, केहि जिन्सि नगद सहित सहयोग हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाबाट गर्नुपर्ने सहयोग जतिसबै गर्ने प्रतिबद्धता सहित धेरैजसो आगो लागी घटनाहरु ग्यास लिकेज र बिद्युत लाईन सर्टबाट हुने भएको हुंँदा त्यसबाट जोगौं र सतर्क अपनाऔं हुन सम्पुर्ण नगरबासीहरुमा नगर प्रमुख बस्नेतले अनुरोध गर्नुभएको छ ।...

गर्मी बढेसँगै अधिकांश वन जङ्गलमा डढेलोको प्रकोप

ब्रेकिङ न्युज १, समाचार
अत्यधिक गर्मी बढेसँगै अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । सिन्धुपाल्चोक जिल्लामा एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो  ।  उहाँका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन  डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् । वनमा डढेलो लगाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकमा पहिलोपटक बलेफी गाउँपालिका वडा ...

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
धुलिखेल, ८ वैशाख : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो । त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताउनुभयो । “अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,” उहाँले भन्नुभयो । आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने जानकारी उहाँले दिनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाड...

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ को घटनास्थलमै मृत्यु, ७ जनाको अवस्था गम्भिर

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका – ५ पिस्कर धारावतीमा जन्ती बोकेको बस दूर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् । दोलखा सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४, पिस्करमा दुलही लिन हिडेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस तौथली नजिकै आज बिहान साढे सात बजेको समयमा बस आफै अनियन्त्रित भई सडकबाट अं. १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा बेहुला सहित ५५ जना मानिसहरु मध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको र ७ जना गम्भिर घाईतेहरुको सिन्धु सदाबहार अस्पताल लामोसाँघुमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्राप्त घाईतेहरुको विवरणः १) जि. दोलखा बस्ने बर्ष २१ को...

रोल्वालिङ्ग यातायातको बस दुर्घटना ३ बेहोस, ५२ जना घाइते

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको तौथली धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जना गम्भीर बेहोस भएको र ५२ जना घाइते भएको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक निरन्जन भट्राइका अनुसार दोलखाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी –४ पिस्करमा लगभग ५५ जनाजन्ती लिएर जादै गरेको बस तौथली धारावतीमा दुर्घटना हुँदा ३ जना बेहोस अबस्थामा रहेको र ५२ जना घाइते भएको जानकारी दिनुभयो । पिस्करको मुलाबारी भन्ने ठाउँमा जन्ती आएको बस बिहान ६ः४५ मा दुर्घटना भएको हो । घटनास्थलमा सुरक्षाकर्मी पुगी सकेको र अस्पताल लैजाने काम भइरहेको बताउँनु भयो । दुर्घटना हुने बस रोल्वालिङ्ग यातायातको बा.४ख ५६१६ नंम्बरको बस रहेको समेत भट्टराईले जानकारी दिनु भयो । थप बिबरण आउँन बाँकी रहेको छ । त्रिपुरासुन्दरी गाँउपालिका ४ का वडा अध्यक्ष टेक बहादुर गुभाजुले सुरक्षकर्मी, जलजले पिस्कर तौथलीका युवाहर...

ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ मन्त्री चौधरी

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
इलाम, ५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताउनुभएको छ । इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ुहामीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेका छौु, उहाँले भन्नुभयो ।आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै उहाँले संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताउनुभयो । चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको उहाँले बताउनुभ...

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो । “उक्त प्रणालीमार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राख्दछ । कति जरिवाना तिर्नुपर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्छ । पटके कसूरको विवरण पनि यस प्रणालीले आफैँ हिसाब राख्नछ”, उहाँले भन्नुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक...