कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं.७ भिरखर्कका आगलागीपीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ ।
गएको आईतबार कौ रे कान्छाको घरमा ग्यासको सिलिन्डर लिक भई लाखौको धनमाल सहित घर जलेर नष्ट भएको थियो ।
आगलागीपीडितको परिवारलाई बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ वडा अध्यक्ष जीबन कुमार भण्डारी लगाएतको टोली सोमबार घटनास्थल पुगेर खाद्यान्न सामग्री, लत्ताकपडा, टेन्ट, केहि जिन्सि नगद सहित सहयोग हस्तान्तरण गर्नुभएको हो ।
नगरपालिकाबाट गर्नुपर्ने सहयोग जतिसबै गर्ने प्रतिबद्धता सहित धेरैजसो आगो लागी घटनाहरु ग्यास लिकेज र बिद्युत लाईन सर्टबाट हुने भएको हुंँदा त्यसबाट जोगौं र सतर्क अपनाऔं हुन सम्पुर्ण नगरबासीहरुमा नगर प्रमुख बस्नेतले अनुरोध गर्नुभएको छ ।
