सम्पर्क

हेल्पद्धारा ल्यापटप सहित शैक्षिक सामग्री सहयोग

हेलम्बु एजुकेशन एण्ड लाइभ्लिहूड पार्टनरसिप (हेल्प) ले भोटेनाम्लाङ माध्यमिक विद्यालयको प्रत्येक शिक्षकलाई ल्यापटप सहित शैक्षिक सामग्री सहयोग गरेको छ ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाँउपालिका– ७ मा रहेको भोटेनाम्लाङ माध्यमिक विद्यालयका शिक्षकहरुलाई शैक्षिक गुणस्तर बृद्धिका लागि सहयोगी हुने अपेक्षाका साथ १० थान ल्यापटप, खेलकुद सामग्री, इसिडि देखि कक्षा ४ सम्मका शिक्षकका लागि शैक्षिक सामग्री लगायत मंगलबार हस्तान्तरण गरिएको हो ।
केहि दिन अघि विद्यालयको बार्षिक उत्सवका अवसरमा गरिएको प्रतिवद्धता अनुसार उक्त सामग्री सहयोग गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो । सहयोगप्रति प्रधानाध्यापक गोपीकृष्ण पराजुलीले आभार प्रकट गर्नुभयो । हेल्पले सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानमा साथि शिक्षक, स्कुल इन अ व्याग, छात्रबृत्ति लगायत सहयोग गर्दै आइरहेको छ ।