सम्पर्क

अवैध यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ पक्राउ

अवैध रुपमा बिक्रीका लागि बोकेर हिँडेको अवस्थामा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारी स्थित प्रहरी चेक पोष्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा तातोपानीबाट बाह्रविसे तर्फ आउँदै गरेको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका वडा नं.५ का २६ वर्षीय वाङ्गेल तामाङ र भोटेकोशी गाउँपालिकाकै २४ वर्षीय पासाङ नुर्पु तामाङ रहेका छन् ।
वाङ्गेलले चलाएको बा.प्र ०२–०३७ प २८७५ नम्बरको मोटरसाइकल पछाडि सवार नुर्पुले बोकेको झोलाभित्र यार्सागुम्बा– १०७० (तौल २०३.४३० ग्राम) वटा र निलो रङको प्लाष्टिकको झोलामा ल्याएको अवस्थामा साना ठुला गरि जम्मा ७३ (तौल ६६६.९२० ग्राम ) वटा ढ्याङ्ग्रो च्याउ फेला पारी बरामद गरेको हो ।
बरामद अवैध यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउसहित पक्राउ परेकालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि डिभिजन बन कार्यालय चौतारामा बुझाइएको प्रहरीले जनाएको छ ।