सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न
८ औं सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न भएको छ । शनिवार सिन्धुपाल्चोकमा सम्पन्न सो रेस अन्तर्गत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई वटा रेस गरिएको थियो । चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा चौतारासाँगाचाकेगढी नगरपालिका १३ ठूलो शिरुबारी बाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो ।यस्तै अन्तराष्ट्रिय किसान अभियान ’ला भिए क्यामपेनसिना’को अन्तराष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा जलबिरेबाट २८ किलोमिटर रेस सुरू गरिएको थियो । ६० किलोमिटरको रेसमा ११ पुरुष र ३ महिलाले सहभागीता जनाएका थिए भने २८ किलोमिटरको रेसमा १६ महिला र २९ पुरुष दौडिएका थिए ।६० किमीको दौड ६ घन्टा ९ मिनेट १२ सेकेण्डमा पूरा गरि वेद बहादुर सुनुवार प्रथम भए । दौडमा दोस्रो हुने मनकुमार रोका मगरले ६० किमी दौडमै ६ घण्टा १६ मिनेट ४६ सेकेण्डमा र तेस्...

