सम्पर्क

विचित्र संसार

कृषी उत्पादन बढाउँनका लागी नगर सञ्जाल गठन ः सापकोटा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक ,कृषी उत्पादनमा गरेको सहयोग परिणाममुखी बनाउँन कृषकहरु नै लाग्न पर्ने र स्थानीय स्तरमा उत्पादन सामाग्रीको स्थानीय स्तरमा नै खपत गराएर स्थानीयलाइ रोजगारका साथै आय आर्जनका लागी कृषक सञ्जाल गठन गर्न लागीएको चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । वास्तवीक कृषक जो मेहनत गर्छ उसैलाइ सहयोग गर्न पर्ने भएको भएता पनी कृषकहरुको उत्पादनले बजारीकरणमा ठगीएकाले यसको रोकावटका लागी यो योजना ल्याएको समेत बताउँनु भयो । नगर प्रमुख सापकोटाले नगर स्तरिय कृषक समुह, कृषी सहकारी सस्थाका प्रतिनिधीहरुको चौतारामा भएको भेलालाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । कृषी उत्पादनमा आधारित अनुदान बितरण गरिएको , दुधमा अनुदान दिएको , बिउको राँगा , बोका अनुदान दिएको , कृषी प्रबिधीहरु दिएको भएता पनी अनुदान अनुसार उपलब्ध नभएको महशुस भएकाले यो बिधी अपनाइएको ...

सकहारी सिद्धान्त अनुसार गरेका कामहरु सफतामा छन ः नगर उप प्रमुख मन्जु तामाङ

कृषि, विचार, विचित्र संसार, समाचार
सहकारीताको माध्यमबाट गरेको सबै कामहरु सफलताको बाटोमा लागेको बाह्र्बिसे नगर पालिकाका उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले बाह्रबिसे नगरपालिका वडा नं ८ मानेश्वारामा रहेको मानेश्वारा महिला कृषि सहकारी संस्थाको १२ औ बार्षिक साधारणसभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । साधरण सभामा सहकारीको मुख्य सिद्धान्त निती बिनियम र बिनीयमले तोके अनुसार काम गर्नेहरु कहील्यै असफल नहुने तर सहकारीको नाममा रकम उठाएर आफुखुशी उपलब्धी हिन काममा खर्च गर्नेहरु असफलताको बाटो तिर लागेको बताउँदै सहकारी सिद्धान्त अनुसार काम गर्न सबैमा अनुरोध गर्नु भयो । उँहाले बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिका भित्रका ब्यक्तीहरु कोही पनी बेरोजगार बस्न नपोरस भन्दै रोजगारको व्यवस्थापनमा लाग्नु भएको र उहँहाले कृषी उत्पादनमा अनुदान सहयोग गर्न सके यस बाट पनी स्थाइ रोजगारको व्यवस्था हुने भएकाले हलगोरुको...

जँहा काग्रेस हुन्छ त्यँहा बिकास हुन्छ ः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले जँहा काँग्रेस हुन्छ त्याँहा बिकास पनी हुन्छ भन्नु भएको छ । उँहाले दोलखा जिल्ला गौरिशंखर गाउपालिका मा हुन गईरहेको उप–निर्वाचनमा क्रममा टिकट पाउँने को के भन्ने होइन टिकट काँग्रेस आबद्ध एक जनाले पाउँने हो । त्यसैले काँग्रेसका साथीहरु सबैले पाएको मानेर काँग्रेसलाइ जिताउँन लागी पर्नु पर्नै बताउँनु भयो । उँहाले काँग्रेसलाइ जिताउँनुहोस बिकासका लागी बजेटको व्यवस्था कँहाबाट गर्न पर्छ मलाइ थाहा छ म व्यवस्था गर्छु भन्नु भयो । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गरेको निर्णय बमोजिम एकसय दिने अभियान सन्चालनको लागि देलखा पुग्नु भएको बस्नेत ले हरेक नागरीकको मनमा काँग्रेस हुन पर्छ अनी हरेक काँग्रेसका नेताको मनमा नागरिकको समस्या हुन पर्छ भन्नु हुँदै नागरिकको समस्या समाधानका लागी आएको पाटी काँग्रेस मात्रै हो भन्नु भयो । सो अबश्...

भक्तपुरका रन्जितकार समाजद्धारा चौताराको भिमसेनलाई किंकम्पा र मुकुट उपहार

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
नेपालकै प्रसिद्ध गौराति भीमसेन स्थानमा लाग्ने मेलाको अवसर पारेर भक्तपुरका रन्जितकार समाजद्वारा चौताराको भीमसेनलाई किंकम्पा र मुकुट उपहार प्राप्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोलाई एक समारोहका बिच रन्जितकार समाज भक्तपुरले ख्यातिप्राप्त मूर्तिकार रवि शाक्यद्वारा निर्मित १० तोलाका चाँदी र सुनको किंकम्पा र मुकुट हस्तान्तरण गरिएको थियो । हस्तान्तरण लगत्तै भीमसेन गुठीका केशवलाल श्रेष्ठलाई नगर प्रमुख सापकोटाले हस्तान्तरण गर्नुभयो । गौराति जात्राको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा पुरानो बजार स्थित ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवम् धार्मिक महत्वको भीमसेनलाई १०० तोला चाँदी तथा सुन र मणि माणिक्य जडित किंकम्पा र मुकुट अर्पण गरिएको सम्पदा संरक्षकका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो । यसअघि चौताराका युवाहरूले बाजागाजा सहित रन्जीत...

आजदेखी सुरु भयो गौराति मेला

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपालकै प्रसिद्ध गौराती मेला आजदेखी सुरु भएको छ । सिन्धुपाल्चोकको प्रख्यात एवम् ऐतिहासिक गौराति भीमेश्वरको मेला का लागी जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले सुरक्षाका सबै प्रबन्ध मिलाएको छ भने जात्रामा आउँनेहरुका लागी समस्या हुन नदिनका लागी प्रशासन चनाखो भएको छ ।मेला भर्न जाने भक्तजनको सुविधाको लागि खानेपानी र विद्युतको व्यवस्था मिलाइएको छ । मेलामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय क्लबका समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको छ । चौतारा पुरानो बजारस्थित भीमसेनलाई रथमा राखि गौरातीस्थित भीमेश्वर मन्दिरमा पु¥याएपछी सुरु हुने जात्रा पुनः भीमसेनलाई गौरातिबाट फर्काएर आफ्नै घरमा विराजमान गराएपछि समापन हुन्छ ।भीमसेन महाराजको पुरानोबजारको खास घरबाट गौराती भीमेश्वरसम्मको यात्रा नै वास्तवमा “गौराती जात्रा“ भएको सम्पादा गुठीका संय...

गाउँमा घर र जमिनको मूल्य घट्नुको प्रमुख कारण

अन्तर्वाता, जिबनशैली, विचार, विचित्र संसार, समाचार
आरपी गैरे नेपाल आफ्नो सुन्दर प्रकृति र विविध सांस्कृतिक धरोहरका लागि प्रसिद्ध छ, तर अहिले गम्भीर र बढ्दो चुनौतीको सामना गरिरहेको छः गाउँहरूको जनसङ्ख्या घट्दै जानु र त्यसको बेवास्ता हुनु। कहिल्यै नथाक्ने उर्जाका साथ गुञ्जायमान हुन्थे ती उर्वरभूमिहरू, तर अहिले तिनमा मौनता र उपेक्षाको छायाँ छाएको छ। युवा पुस्ता शहरतिर दौडिरहेकोले गाउँहरूमा बुढा आमा–बुवा र साना बालबालिकाहरू मात्र बस्छन्, जसले गाउँको जीवनशैली र शहरी क्षेत्रमा स्थिरतालाई चुनौती दिइरहेको छ।गाउँहरूबाट युवाहरूको पलायनले गर्दा उर्वर भूमिहरू खालि छन्, र खेतीयोग्य जमिनमा कुनै खेतीपाती गरिँदैन। यो विडम्बना नै हो कि संसारभरि खाद्यान्नको संकट छ, तर नेपालका उर्वर फाँटहरू दिन–प्रतिदिन सुनसान हुँदैछन्। सोच्नुहोस्, पहिले सुनौला गहुँका खेतहरूमा चल्ने हावाले समृद्धिको कथा सुनाउँथ्यो, तर अहिले मौनताको प्रतिध्वनि मात्र सुनिन्छ। यो “ब्रेन ड्रेन“...

धनराज गुरुङ द्धारा अनुसन्धान गर्न माग

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै आफुले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताउनु भएको छ । आफू सहकारी ठग नभएको र बेथितिका विरुद्ध लडिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उपसभापति गुरुङ्गले मंगलबार एक विज्ञप्ति जारी गर्दैे सहकारी प्रकरणमा आफू दोषी नभएको स्पष्ट पार्नु भएको छ ।पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाएर अनुसन्धान गर्न माग गर्नु भएको छ ।सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नभएको स्पष्टीकरण दिनु भएको छ।‘म विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले मेरो कमजोर आर्थिक अवस्थाका कारणले मैले मेरो तत्कालीन श्रीमती ज्योतिलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ,’ गुरुङले भनेका छन्, ‘उक्त जा...

हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) | विश्व निमोनिया दिवस

अन्तर्वाता, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
ठुलो एकादशी हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशी जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । तुलसीको विवाहको दिन आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् । तुलसी पूजाको महत्त्व वैदिक सनातन संस्कारमा तुलसी ...

गौराती मेलाबारे नगरप्रमुख संग युवाहरुको छलफल ,सम्पदा संरक्षण गुठीको अनुरोधमा सय तोला चाँदी तथा सुनको गहना आउँने

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सँग भीमसेन युवा क्लवका पदाधिकारीहरुले भेट गरी गौराती भीमसेन जात्रा २०८१ सभ्य,भव्य एवं मनोरंजनात्मक रुपले सम्पन्न गर्न बिशेष छलफल गरेको छ । आइतबार नगर प्रमुख सँग भएको छलफलमा नगरमा रहेका सबै भाषा,संस्कृति ,जात्रा पर्ब,संरक्षित स्थानको बिकास र संरक्षणका लागी नगर पालिका बाट हुन सक्ने र आफुले गर्न सकीने हरेक कार्यहरुमा सहयोग गर्ने सापकोटाले बताउँनु भयो र उँहाले कुनै पनी मेला पर्ब हरु रिती रिवाज अनुसार शान्त पुर्ण र मनोरन्जनात्मक तरिकाले सम्पन्न गर्न हामी सबैको प्रमुख दाइत्व रहेको बताउँदै गौराती भिमसेन मेलाको ब्यवस्थापनमा पनी हामी सबै मिलेर गर्नु पर्छ भन्नु भयो । यसका लागी नगरपालिकाबाट हुन पर्ने र हुन सक्ने सहयोग निरन्तर रहने बतथाउँनु भयो । स्थानीय युवाहरुले मेलालाइ व्यवस्थापन मा मुख्य भुमिका खेल्न पर्ने भएकाले युवाहरुको भुमिाकामा पनी ...

ईन्द्रावती साना किसान कृषि सहकारीको ७ औं साधारणसभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
देबराज सुबेदी ,ईन्द्रावती साना किसान सहकारी संस्था लिमिटेडको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच गन्तब्य स्वरोजगारीको, अभियान सहकारीको भन्ने मूल नाराको साथमा सहकारीले सातौं साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकामा नामका धेरै सहकारी भएपनि कामका थोरै मात्रै सहकारी रहेको बताउनुभयो । सक्रिय सहकारीको सुचिमा ईन्द्रावती साना किसान पनि रहेको बताउनुभयो । सहकारीको सिद्धान्तको आधारमा सक्रियतापूर्वक अगाडी बढाउनुपनेृमा उहाँले जोड दिनुभयो । पालिकाले राम्रो का मगर्ने सहकारीलाई पुरस्कारको व्यावस्था गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष सहकारी दिवसको अवसरमा ईन्द्रावती साना किसान सहकारीलाई पुरस्कृत गरीएको पनि उहाँले बताउनुभयो । पालिकामा मात्र नभई जिल्लामै अब्बल सहकारी बन्न लाग्नुपर्ने उहाँले बताउनुभयो...