व्यवहारिक सिकाइ र स्थानीय विकास जोड्ने पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न,
देबराज सुबेदी,
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन ः समृद्ध पाँचपोखरीको मूलधन” भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा सम्पन्न मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष टासी लामाले गर्नुभएको हो ।उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामाले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, सीपमूलक र स्थानीय आवश्यकतासँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।“विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके मात्रै शिक्षा सार्थक हुने भन्दै यस्ता सिकाइ मेलाले विद्यार्थीको सिर्जनशीलता उजागर गर्नुका साथै कृषि, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रसँग शिक्षा जोड्न मद्दत पु¥याउँने बताउनुभयो ।श्री क्षेत्रपालेश्वरी...







