सासद संग्रौला द्धारा बाढीपहीरो सम्बन्धी सांसदामा प्रस्ताव
सासद डा. डिला संग्रौला (पन्त) ले बाढीको जोखिममा छ भन्ने विषयमा अध्ययन गरी न्यूनिकरणमा ध्यान दिन आवश्यक रहेको बताउँनु भएको छ । उँहाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषय माथि छलफल गर्नजरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दे त्यस्तो बताउँनु भएको हो उँहाले
प्राकृतिक विपत्ति भनेको आकस्मिक रुपमा हुने घटना प्रक्रिया हो । तर, त्यसबाट हामी सचेत हुन केही सावधानी, तयारी अपनाउन सक्छौं । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले त्यसतर्फ ध्यान नदिँदा धेरै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । भर्खरै स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि आइसकेका छन् । जनप्रतिनिधिहरुको काँधमा स्थानीय रुपमा ठूलो जिम्मेवारी पनि छ । सम्बन्धित स्थानमा रहेका जनप्रतिनिधिले आफ्नो भूगोलको बारेमा जानकारी राख्नु आवश्यक छ । जस्तैः कुन ठाउँ पहिरो, बाढीको जोखिममा छ भन्ने विषयमा अध्ययन गरी न्यूनिक...
