सम्पर्क

स्वास्थ्य

जुगल कराते संघमा रेशम सुन्दास

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका मा नेपाल सेतोकान कराते संघ गठन भएको छ । रेशम सुन्दासको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिती गठन भएको हो । संघको उपध्यक्षमा सोहन सुनुवार सचिब मा सोम छिरिङ्ग तामाङ्ग कोषाध्यक्षमा रिया श्रेष्ठ, र सदस्यहरुमा सञ्च बहादुर बिक, माँया परियार ,बादल लामा, सुमन श्रेष्ड, अर्जुन तामाङ्ग,रहनु भएको छ । मङ्सीर १४गते भएको भेलाले उक्त समिती बनेको अध्यक्ष रेशम सुन्दासले बताउँनु भयो ।  ...

राजधानीमा सुर्ती जन्य पदार्थमा बन्देज

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाण्डौ महानगरपलिकाले गही मंसीर २७ गते देखी सुर्ती जन्य पदार्थको बिक्री बितरणमा रोक लगाएको छ । महानगर पालिकाले मंसंीर १२गते एक सुचना प्रकाशीत गरी यस्तो जानकारी दिएको हो । महानगरको स्वास्थ्य बिभागले जारी गरेको सुचनामा सावैजनीक स्थलहरुमा धुम्रपान, चुरोट,बिडी , सिङ्गार , तमाखु,सुल्फा, कक्कड,कच्चा सुर्ती,खैनी, गुट्खा, सुर्ती वा सुर्तीजन्य पदार्थ हरुको बिक्री बितरणमा रोक लगाउँदै यदी यसरी बिक्री गरेको भेटेमा महानगर प्रहरीले सामान जफत गरी बतिरण गर्नेलाइ कार्बाही गरिने जनाएको छ ।  ...

सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिद्वारा एक बर्षको प्रगति विवरण सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
११ मंसिर, चौतारा । जिल्लाबाट संघीय संसद र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक बर्षको उपलब्धि सार्वजनिक गर्नु भएको छ । गत बर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल सरद, सरल सहयात्री पौडेल र समानुपातीकतर्फ निर्वाचित आमृता नेपालले चौतारामा पत्रकार सम्मेलन गरी एक बर्षे उपलब्धि एवं कार्यप्रगति सार्वजनिक गर्नु भएको हो।     संघीय सांसद सापकोटाले जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै निर्वाचित गराउने मतदातालाई बिशेष आभार प्रकट गर्नु भयो । निर्वाचनका बेला जारी गरिएको प्रतिवद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरिएको बताउँदै उहाँले संघीय संसदका ९३ बैठक मध्ये ८१ बैठकमा उपस्थित भएको जुन ८७ प्रतिशत उपसिथति रहेको जानकारी दिनु...

नेपाल सोतोकान कराते संघ मेलम्ची नगरपालिका कार्य समिति गठन

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं.१० का वडा अध्यक्ष अमृत खनालको संयोजकत्वमा नेपाल सोतोकान कराते संघ मेलम्ची नगरपालिका कार्य समिति गठन गरिएको छ । समितिका पदाधिकारीहरुमा आयुष पण्डित अध्यक्ष, एन्जिल, बिकास परियार, उपाध्यक्ष ,रामकुमार तामाङ सचिव, निशान रावल कोषाध्यक्ष ,सुस्मिता सुनार सदस्य , चुजाङ आले मगर सदस्य, सजिना परियार सदस्य, प्रभाष दाहाल सदस्य र कृष्णकुमार माझी सदस्य लगायत समितिमा चयन गरिएको समितिका उपाध्यक्ष विकास परियारले जानकारी दिनुभयो । त अक्ष्यक्ष खनालले सम्पुर्ण समितिका टिमलाई ह बधाइ एवम् सफल कार्य कालको शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल सोतोकान कराते महासंघ सिन्धुपाल्चोका जिल्ला अध्यक्ष तोकबहादुर तामाङ र प्रमुख प्रशिक्षक तथा जिल्ला सचीव रेशम सुन्दासको उपस्थिति रहेको आयोजक शितला देवि डोजोले जनाएको छ ।...

तेक्वान्दो ग्रेडिङमा रेनुका र दिपक उत्कृष्ट घोषित

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
हिराहरी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको मङ्सिर ९ गते शनाीबार जुनियर ग्रेडिङ Belt Promotion Test सम्पन्न भएको छ । ग्रेडिङमा पुरुषतर्फ दिपक तामाङ र महिलातर्फ रेनुका उत्कृष्ट खेलाडी हुन सफल भएको छ। उत्कृष्ट खेलाडीहरुलाइ हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख श्री रमेश गुरुङले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बागमती खेलकुद बिकास परिषदका सदस्य श्री निरन्जन थापा नगर प्रमुख अतिथि, सिनियर खेलाडीहरु सुदिप तामाङ , प्रदिप तामाङ , अन्जन पुरि, आयन श्रेष्ठ, बिजय तामाङ, अनमोल कार्की , निशान ढुंगाना, मनिष सापकोटा , राजन दुलाल, सोफिया श्रेष्ठ , साजन घले , लाक्पा तामाङ , रमेश श्रेष्ठ र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । प्रमुख अतिथिलाइ हिराहरि तेक्वान्दो डोजाङ्ग कार्यसमितिका सदस्य प्रकाश श्रेष्ठलाइ मायाको चिनो पनि प्रदान गरिएको थियो...

ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर उद्घाटन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ९ ज्यामिरे स्थित गोल्मेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । उक्त मन्दीरको नगरपालिकाका प्रमुख आइतमान तामाङले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ । बुधबार मेलम्ची, नगर उपप्रमुख उमा प्रधान लगायतले मेलम्ची नगरपालिका वडा नम्बर ९ मा अवस्थित करिव दुई सय वर्ष पुरानो गोल्मेश्वर महादेवको नवनिर्मित मन्दिरको समुद्घाटन गर्नु भएको हो ।मन्दिर निर्माणका लागि नगरपालिकासँगै स्थानीय बासिहरुले पनि आर्थिक सहयोग गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर २ का नगेन्द्रप्रसाद खतिवडा र १० का अध्यक्ष अमृत खनाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सबै एकजुट भइ गाउँमै बस्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नगर ...

निःशुल्क महिला स्वास्थ्य शिविरबाट ४९१ जनाले लिए सेवा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
इन्द्रावती गाउपालिका – ८ ज्यामिरेमानेमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन भएको शिविरमा ४९१ जनाले चेकजाँच गराएका छन् । जसमध्ये ९५ जनाको आङ खसेको पाइएको छ । ३० जनाको पाठेघरको सुरक्षाका लागि रिङ राखिएको छ । ३९० जनाले पाठेघरको चेकजाँज गरेकोमा १९ जनाको अप्रेसन गर्नुपर्ने भएको छ । यस्तै २५० जनाको पाठेघरको मुखमा खराबी देखिएको छ । अप्रेसन गर्नुपर्नेहरू १९ जनालाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा अप्रेसन गरिने सिपापोखरे स्वास्थ्य चौकीका इन्चार्ज गौरीशंकर तामाङले जानकारी दिनुभयो । शिविरमा डाः रूपा कर्माचार्य, फिजिसियन डा ः एञ्जिला बस्नेत, रेडियोलोजिस्ट डा आशिष सिंह र स्त्री रोग विशेषज्ञ डाः सुष्मा प्रधान तथा इन्द्रावती गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरुको समुहले सेवा दिए...

स्व. राजा रानीको गौराती भीमेश्वर भिडीयो सार्वजनिक

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वर मन्दीरमा दर्शन गरे पछी मनोकामना पुरा हुने जन बिश्वास रहेको छ । त्यह िशक्तीशाली मन्दीरमा पनी तत्कालीन श्री ५ महाराजधिराज स्व बिरेन्द्र बिरबिक्रम शाह र महारानी स्व एश्वर्य ले २०५३साल मंसीर २गते आफ्नो राजगद्दी आरोहणको रजत उत्सवको अबशर पारेर पुन निर्माण भएको मन्दीरको उद्धघाटनका साथै रुद्राक्षको बिरुवा समेत रोप्नु भएको थियो । अहीले पनी त्यस स्थानमा जाँदा राजा भएकै झल्को देखीने गरेको छ ।  मन्दीर प्रबेश सँगै नागदेवताको मुर्तीमा राजा रानीको नाम लेखिएको छ भने रुद्राक्षको रुखमा पनी नाम लेखीएको छ । पुर्ब प्र. जि.अ स्व. राम कृष्ण भुर्तेल, पुर्ब प्र. ना. उ सुरत  बहादुर शाह समाज कल्याण परिषद का पुर्ब सदस्य सचिब डा. जयन्द्र श्रेष्ठ कोपहलमा कार्यक्रम भएको गौराती युवा क्लबका सल्लाहकार बिशाल लामाले जानकारी द...

जाडो छल्न नेपाल आइपुगे चरा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
राष्ट्रिय समाचार समिति (रासस) बेलबारी (मोरङ), २ मङ्सिर : जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख...

प्रथम ठोकर्पा कप २०८० को उपाधि सुनकोशी ५ लाई

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सुनकोशी गाउँपालिकाको सहयोग तथा वडा नम्बर १ को आयोजना मा सुरु भएको वडा स्तरीय प्रथम ठोकर्पा कपको उपाधि वडा नम्बर ५ सुनखानीले हाता पारेको छ। वडा नम्बर ५ सुनखानीले वडा नम्बर १ ठोकर्पालाई सोझो सेटमा हराउदै उपाधि हाता पारेको हो। त्यस्तै सुनकोसी ६ पाटिडाडा तेस्रो भएको छ। विजयि वडा तथा क्लब हरु लाइ सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना ,पुर्व अध्यक्ष श्रवण कुमार जि.सि(बिनोद) ,उपाध्यक्ष कान्छि लामा,प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खड्का लगायत ले पुरस्कार प्रदान गर्नु भएको थियोे । प्रतियोगितामा सुनकोसी गाउपालिकाका पुर्व भलिबल खेलाडी निलध्वज थापा,स्वर्गीय भुपेन्द्र थापा,राजकुमार कार्की,दिपक बराल लगाएतलाई सम्मान गरिएको थियोे । उक्त प्रतियोगितामा सुनकोशी गाँउपालिकाको ७ ओटै वडाका ११ टिमले भाग लिएका थिए। कार्तिक २६ गते बाट सुरू भएको प्रतियोगिता २८ गते समापन भएको छ। प्रतियोगिताको उद्...