सुनकोशी गाउँपालिकाको निर्णय, गाउँपालिकाले नै विद्यार्थी भर्ना गरिदिने
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिका भित्रकै क्याम्पसमा अध्ययन गर्ने पालिका भित्रका विद्यार्थीहरुलाई आफैले भर्ना गरिदिने भएको छ ।गाउँकै क्याम्पसमा विद्यार्थीहरुलाई आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले नीति तथा कार्यक्रममा नै गाउँपालिका भित्रका क्याम्पस र गाउँपालिकाका विद्यार्थीहरुलाई भर्नामा कुनै शुल्क नलिने गरेर बजेट व्यवस्थापन गरेको थियो । सोही व्यवस्था अनुसार साउन देखि गाउँपालिका का विद्यार्थीहरुले गाउँपालिका भित्र रहेका क्याम्पसमा अध्ययन गर्दा भर्ना शुल्क दिनु नपर्ने र गाउँपालिका आफैले विद्यार्थीहरुको भर्ना गरिदिने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।सुनकोशी गाउँपालिकामा दुइ वटा सामुदायिक क्याम्पसहरु रहेका छन् । सुनकोशी गाउँपालिका–१ मा ठोकर्पा सामुदायिक क्याम्पस र ७ नम्बर वडामा सुनकोशी क्याम्पसञ्चालनमा रहेका छन् ।गाउँपालिका भित्र रहेका यी दुवै क्याम...
