रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको भाद्र १५ गते पर्न गएको सातौं बार्षिकोत्सबको अबसरमा शाखा कार्यालय चौतारा द्धारा सिन्धुपाल्चोक जुगल गाँउपालीका बिशिङ्खर स्थित श्री जुगल माध्यमिक बिद्यालयमा अध्ययनरत १८५ जना बिद्यार्थीहरुलाई शैक्षिक एवम खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एवम सोही वडाका अध्यक्ष टंक तामाङ बिद्यालयका प्रधानाध्यापक सुकलाल तामाङ अन्य शिक्षक शिक्षिकाहरु तथा बिद्यार्थीहरुको उपस्थितीमा चौताराशाखाका शाखा प्रबन्धक लक्ष्मण बिष्टले हस्तान्तरण गर्नु भएको हो ।
वडा अध्यक्ष तामाङले रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडलाई धन्यबाद दिनुभयो ।
बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरणका साथै चौतारा शाखाले आफ्ना एजेन्सी म्यानेजर तथा रिलायबल एडभाइजर हरुको उपस्थितीमा केक काटेर बार्षिकोत्सब मनाएको हो ।
