कोरियाबाट फर्केपछि स्वदेशमा कागती खेतीमा रमाउँदै तनहुँका राजु रेग्मी
तनहुँ
पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् ।नौ वर्षसम्म कोरियामा रहनुभएका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लाग्नुभएको हो । मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँल्नु भएका उहाँले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उद्धारण प्रस्तुत गर्नुभएको छ ।
स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउनुुहन्छ । पुख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराई गरिआएको थियो । बसाइँसराई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उहाँकी पत्नी सिर्जना कोइराला जानकारी दिनुुहन्छ । कागती खेतीबाट...
