सम्पर्क

#

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

#, समाचार
काठमाण्डौं दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताउनुभयो । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उहाँले भन्नुभयो । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको उहाँको भनाई छ । नाट्यकर्मी महासंघले आयोजना गरेको बालबालिकाहरुको नाटक मेलाले सामाजिक र सांस्कृतिक नीति सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा आफु विस्वस्त रहेको पूर...

डडुवाको सडक कालोपत्रे, सम्झौता भन्दा ४ महिना अगाडि नै सम्पन्न

#, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
हामिले देशका पुर्बधार बिकासमा धेरै कामहरुका बारेमा समाचार लेख्ने र पढ्ने गरेका छौ । यस अबधिमा राम्रा र गुणस्तरिय कामका लागी हरेक दवाव दिएको समयमा काम सम्पन्न नभएर ठेकेदार फरार रहेको समाचार पढेका छौ । तर कोटेशनको समयभन्दा पनी अगाडी नै गुणस्तरिय काम सम्पन्न गरेर भुक्तानी माग गर्ने ठेकदारहरु कमै मात्रमा छन् । हालै मात्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितीका प्रमुख समेतले धुलिखेल सडक मार्ग छिटो र गुणस्तरियताका लागी अनशन नै बस्नु पर्याे । तर सिन्धुपाल्चोक जिल्लामा यस्ता निर्माण कम्पनी छन् जसले समयमा नै काम गरेर स्थानीय बिकासमा गुणस्तरियता कायम राखेको पाइन्छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा २ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्झौताको म्याद भन्दा अगाडी नै सम्पन्न गरेको छ । भेष नाथ सापकोटा, रामकुमार लामा र सुभाष राज गिरी सञ्चालक रहेको कचद दगष्मिभच उखत।ति...

सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ गरिएको छ। गाउँपालिकाको कार्यलय सुनखानी हुन पर्ने माग सहीत आन्दोलन गरिरहेको सुनखानी बासीहरुले कार्यलय घेराउ गरेका हुन । माघ २९ गते सुनकोशी गाउपालिकाको कार्यपालिका बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउंपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाब ले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो। सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा,सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा ,सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठ...

५ दिने व्यवसायिक किवि खेती तालिम सम्पन्न

#, ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना गरेको व्यवसायिक किवि खेती तालिम सम्पन्न भएको छ । गाउँपालिका भित्रका कृषि पेशामा आवद्ध स्थानीयहरुलाई माघ १९ शुक्रबारदेखी दिइएको व्यवसायिक किवि खेती तालिम मंगलबार सकिएको हो । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ, ४ नं. वडा अध्यक्ष भक्तलाल शाक्य र ५ दिने किवि खेति तालिममा प्रशिक्षकको रुपमा रहनु हुने वागवानी अधिकृत गुणराज पौडेल तथा कृषि शाखा प्रमुख सन्तोष नेपाललगायतको उपस्थिति रहेको थियो । पाँच दिने व्यवसायिक तालिमले किवि खेती गर्नमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राजु लामाले बताउनुभयो । तालिममा सहभागी हुनु भएका कृषकहरुलाई प्रमाणपत्र तथा किवि छाटकाटको लागी आवश्यक सामाग्रीहरु समेत वितरण गरेको थियो ।...

यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा सुरुवात

#, समाचार, स्वास्थ्य
  कुमार बस्नेत (अधिराज) नेपालमा पहिलो पटक सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीका फिजियो थेरापी सेवा सुरु भएको छ । सुनकोसी गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको नवनिर्मित स्वास्थ्य चौकीको शनिवार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फिजियो थेरापी सेवा सुभारम्भ गर्नु भएको हो । मन्त्री बस्नेतले सो अवसरमा फिजियो थेरापीका सामग्री हस्तान्तरण गर्नु भएको हो । देशभरिका स्वास्थ्य चौकीमध्ये यमुनाडाँडामा सुरु भएको फिजियो थेरापी सेवा संभवतः पहिलो हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नव निर्मित स्वास्थ्य चौकीमा थप सेवा सुरु हुनु खुशीको कुरा भएको बताउँदै बिकास निर्माणका काममा आफू सधै क्रियाशिल रहने बताउनु भयो । स्वास्थ्य चौकीमा तला थपेर स्वास्थ्यकर्मीको क्वाटर बनाएर सहज सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप ३८ लाख रुपैयाँ बिनियोजन गरेको बताउदै यहा...

माडीमा तेस्रो प्रदेश युवा सम्मेलन २०२४ सुरु

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलद्वारा “प्रदेश युवा सम्मेलनः २०२४” को औपचारिक रुपमा उद्घघाटन भएको छ । ’उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्वारा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन् ।नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुभकामना मन्तव्य दिने क्रममा “बागमती प्रदेशसँग थुप्रै कार्यक्रमहरु छन्, प्रशस्त बजेट छ, आउनुहोस् सहकार्य गरौं । हामी सदैव हजुरहरुको लागी तयार छौं, हामीले सक्छौं, हामीले सक्ने हो र हामीले नै हाम्रो देश बनाउने हो, त्यसैगरी स्थानीय उत्पादन र कृषि उद्यमशील...

श्री स्वस्थानी व्रत कथा प्रारम्भ । माघ स्नान । पूर्णिमा व्रत

#, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य, स्वास्थ्य
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।। स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ। हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् ।यो क्रम एक महिनाभर निरन्तर रहन्छ ।माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ ।स्वस्थानी व्रत र क...

जन्मदै अपाङ्ग माझीको नँया घर

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका ९ भैसे माझी बस्तीमा जन्मजात अपांग, बोल्न नसक्ने, असहाय अनि बस्ने घरसमेत नभएको घनश्याम माझीले नँया घर पाउँनु भएको छ । वडा सदस्य दीपेन्द्र भन्डारी को विशेष सहजिकरणमा सामाजिक अभियन्ता, सहयोगि समाजसेवी विभा सिंहको विशेष आर्थिक सगयोगमा निर्मित एउटा ट्वाइलेट सहितको एक कोठे नँया घर निर्माण गरी हिजो घनश्याम माझीलाइ हस्तानन्तरण गरिएपछी उँहामा खुशी छाएको छ । भवन निर्माण कर्ता सहयोगीहरुले एक समारोहका बिच भवन हस्तानन्तरण गरिएको हो । वडा स्तरिय जनजाती सम्मन्वय समितीका अध्यक्ष रण बहादुर तामाङ्गका अनुसार हिजो वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा हस्तानन्तरण गरिएको हो । घर हस्तानन्तरण गर्दै वडा अध्यक्ष श्रेष्ठले यसरी सहयोग गरेकोमा सिंह प्रती आभार प्रकट गर्दै उँहालाइ बिशेष सम्मान गर्नु भएको थियो ।सहयोगी विभा सिंहले मानव सेवा नै धर्म हो यसैले नै धर्म...

(सामी)को दिप प्रज्वलन चौतारामा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सुरक्षीत आप्रवासन कार्यक्रमले (सामी) “आप्रवासीको योगदानको कदर र सम्मान गरौं अधिकारको योगदानको कदर र सम्मान गरौँ“ भन्ने मूल नाराका साथ सन् २०२३ डिसेम्बर १८ गते चौताराको सिन्धुपाल्चोकमा “अन्तर्राष्ट्रिय आप्रवासन दिवस“ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सोमबार चौतारामा ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ आयोजित दिप प्रज्जवलन कार्यक्रम समेत गरिएको छ । नि. जिल्ला प्रमुख अधिकारी निराजन श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार महासघंका जिल्ला सचिब बिदुर आचार्य,प्रहरी कार्यलयका प्रतिनिधी हरुको उपस्थितीमा जिल्ल प्रशासन कार्यलयको गेटमा दिप प्रज्वलन गरिएको थियो । नेपाल जस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगारीका लागि पलायन ज्वलन्त समस्या हो । एकातिर देशका लागि रेमिट्यान्स भित्रिने क्रम जारी छ भने अर्कोतिर प्रवासी श्रमिक र तिनका परिवारले सा...

ज्यान बाहदुर को अध्यक्षतामा सिन्धु लोकतान्त्रीक आदीबासी जनजाती महासघ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
ज्यान बाहदुर तामाङको अध्यक्षतामा लोकतान्त्रीक आदीबासी जनजाती महासघं को जिल्ला कार्य समिती गठन भएको छ । जस्मा उपाअध्यक्ष निमा बोम्जन सचिवमा बिमल श्रेष्ठ,सह सचिवमा सुस्मिता तामाङ ,सदस्यहरुमा निल बहादुर तमाङ (सुमन)हरिमान श्रेष्ठ,निमा ग्याल्वो लामा र सल्लाहाकार मा अमिर बहादुर श्रेष्ठ मनोनित हुनु भएको छ । सिन्धुपालचोक जिल्ला सभापती जंग बाहदुर लामाको बिशेष उपस्थितीमा उक्त कार्य समितीका पदाधिकारहिरुको मनोनित गरिएको हो। कार्यक्रममा , लोकतन्त्रबादी आदीवासी जनजाति महासंघ सिन्धुपाल्चोकका लागी केन्द्रीय प्रतिनिधी एवं वाग्मती प्रदेश सभा सदस्य छत्र बहादुर बोम्जनको रोहबरमा र आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ज्यान वहादुर तमाङ को अध्यक्षतामा कार्य समितीको चयन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकका प्रबक्ता नबराज भट्टराइले जानकरी दिनु भयो । उँहाका अनुसार नव गठीत कार्य समितीले पालिका स्तरमा स...