बस्नेत द्धारा हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्घाटन तथा शिविरको उद्घाटन
सिन्धुपाल्चोक– पूर्व मन्त्री माननीय मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट भएर लाग्नु पर्ने बिकासका कामहरुमा यो त्यो भन्न नहुने बताउँनु भएको छ।
बस्नेतले शनीबार मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । बस्नेतले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध भएर अगाडी बढ्न र्निे बताउँनु भयो । कार्यक्रममा बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै राज्यले नै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताउँनु भयो । उहाँले नवनिर्मित स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बन...
