
बस्नेतले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध भएर अगाडी बढ्न र्निे बताउँनु भयो । कार्यक्रममा बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै राज्यले नै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताउँनु भयो । उहाँले नवनिर्मित स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन एक करोड ५० लाख बजेट प्रदेशबाट विनियोजन गरिएको जानकारी दिनु भयो । उहाँले नवनिर्मित स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउनुपर्ने र त्यसका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले अस्पतालमा आवश्यक जनशक्ति र कर्मचारीको व्यवस्था नगरपालिकाले गर्ने बताउँनु हुँदै अस्पताललाइ आबश्यक पर्ने अन्य उपकरण प्रदेश तथा सङ्घ सरकारलाइ उपलब्ध गराउन आग्रह गर्नु भयो ।