सम्पर्क

बनेपामा यातायात कर्मचारी बिच झडप प्रहरी द्धारा सुरक्षासहीत स्थीती नियन्त्रणमा

 

काभ्रेपलाञ्चोक जिल्लाको बुडोलमा दुइ यातायात का कर्मचारीबचि बिबाद हुँदा झडपको स्थिती श्रृजना भएको छ । अरनिको यातायात सेवा प्राली सँग आबद्ध कर्मचारीले बिच बाटोमा गाडी तेसर््याएर बाटो अबरुद्ध गरेको र दुइ पक्ष बिच झडपको स्थिती भए पछी बाटोमा गाडी तेसर््याउँने सवारी चालक सहीत सवारीलाइ प्रहरीले नियन्त्रणमा लिएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजकुकमार श्रेष्ठले जानकारी दिनु भएको छ । उँहाका अनुसार बागमती प्रदेस ०१००ख५५७१ नंको भाडा बस बाटोमा तेसर््याएर बाटो अबरुद्ध गरेको हुँदा उक्त बस सहीतका कर्मचारीलाइ प्रहरीले नियन्त्रणमा लिएर बाटो खुलाएकोे हो । अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई यातायात व्यवसायीले विरोध जनाउँने क्रममा मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको थियो । सोही विषयलाई लिएर अरनिको यातायातले बीच बाटोमै बस तेसर््याएर चक्काजाम गरेकोमा यात्रीहरुले समेत उक्त कार्यको विरोध गरेका थिए भने दुबे पक्ष बिच कुटाकुट भएको थियो । प्रहरीले समयमा सुरक्षाको व्यवस्था गरेर बाटो खुलाइदिएको कारण ठुलो घटना भने हुन पाएन ।बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको हो ।यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो । पछि प्रहरीले छुट्याएको थियो जिल्ला प्रहरी कार्यालय काभ्रेका सक्रीयतामा अवस्था सामान्य रहेको छ ।